हिउँ छिचोल्दै, खोप पु¥याउने स्वास्थ्यकर्मीको तस्बिर बन्यो भाइरल

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराको फेसबुक पेजमा ‘कर्तव्यनिष्ठ स्वास्थ्यकर्मीहरु प्रति हार्दिक सम्मान व्यक्त गर्दछौ’ भनेर हिउँमा घुडाँले टेकेर खोपको बाकस बोकेर उकाले चढ्दै गरेकी एक महिला स्वास्थ्यकर्मीको तस्विर राख्यो । तस्बिर हेर्दा स्वास्थ्यकर्मीको दुख प्रष्ट देखिन्छ । हिउँले ढाकिएको उकालो बाटो, एउटा खुट्टा हिउँमा गडेको र अर्कौ घुडाले टेकेर बामे सर्दै गरेको तस्विरले धेरैको मन छौएको छ ।

उक्त तस्विर थियो बागलुङको दुर्गम रणसिंह किटेनी गाउँमा हिउँ परेको समयमा खोप बोकेर खोप केन्द्रमा पुग्दै गरेको तस्विर । उक्त तस्बिर पोष्ट गरेको पाँच घण्टामै भाइरल भएको छ । अहिले विभिन्न व्यक्ति तथा पेजहरुले स्वास्थ्यकर्मीहरु प्रतिको सम्मान भन्दै पोष्ट गरेका छन् । उक्त तस्विरले दुर्गमका स्वास्थ्यकर्मीहरुको वास्तविकता देखाएको छ । तर उक्त तस्विर भने तत्कालको नभएर गत वर्षको भएपनि धेरैले अहिलेको चिसो मौसममा परेको हिउँको सन्दर्भलाई जोडेर फोटो पोष्ट गरिरहेका छन् । यस अघि मुस्ताङमा वर्षतको समयमा लौरोमा राखेर कोरोना खोप खोला तारेको तस्विर भाइरल भएको थियो ।

यस्तो छ तस्बिरको वास्तविकता
बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–८ रणसिंहकिटेनी स्वास्थ्य चौकीका इन्चार्ज निशा पुन र स्वास्थ्यकर्मी प्रेम कुमारी केसी गत वर्ष जाडो याममा बाक्लो हिउँ छिचो ल्दै खोप बोकेर खोप केन्द्रमा पुगेका थिए ।

“गत वर्ष निकै बाक्लो हिउँ परेको थियो तर खोप लगाउन जानुपर्ने भएपछि प्रेम कुमारी केसी र म गर्भवती र वालबालीकालाई लगाउने नौ थरी खोप लिएर सात घण्टा लगाएर स्वास्थ्यचाको पुरानो गाउँदेखि नेपाने खोप केन्द्रमा पुगेका थियौं” स्वास्थ्य चौकी इन्चार्ज पुनले स्मरण गर्दै भन्नुभयो “अघिपछि चार घण्टाको बाटो हिउँ परेकाले सात घण्टामा त्यहा पुगेका थियौं, बीच बाटोमा मैले प्रेम कुमारी केसीले खोप बोकेर उकाले चढ्दै गरेको तस्विर खिचेर राखेकी थिए, पछि जिल्लामा स्वास्थ्यकर्मीको समिक्षामा उक्त तस्विर बडिगाड गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक चुडामणी कंडेललाई दिएको थिए, अहिले पो जतासुकै आएपछि थाहा भो ।”

स्वास्थ्यकर्मी के।सी भने अहिले सरुवा भएर बडीगाडकै ग्वालिचौरमा सरुवा हुनुभएको छ । उक्त तस्विरलाई धेरैले कोरोना बिरुद्धको खोप बोकेको भनेर सामाजिक सञ्जालमा राखेपनि उनिहरुले कोरोनाको खोप नभएर गर्भवती र बालबालिकामा लगाउने नियमित खोप बोकेर हिड्नुभएको थियो ।

गत वर्ष माघमा खिचेको तस्विर अहिलेको माघमा आएर भाइरल भएको तस्विरमा खोप बोकेर हिड्नुभएको स्वास्थ्यकर्मी प्रेम कुमारी केसीले जानकारी दिनुभयो । उहाँले तस्विर भाइरल बनाउनलाई नखिचिएको बताउनुभयो । केसीले दुर्गम गाउँमा स्वास्थ्यकर्र्मीहरुले यसरीनै दैनिक काम गरिरहेको बताउनुहुन्छ ।

सात खण्टा लगाएर हिउँ छिचोल्दै खोप केन्द्रम ापुगेपनि हिमपातका कारण खोप केन्द्रमा बालवबालिका नआएका कारण तीन जनालाई मात्रै खोप लगाएर फर्किएको रणसिंह किटेनी स्वास्थ्यचौकी इन्चार्ज निशापुनले स्मरण गर्नुभयो । उहाँले दिनरात हिडेर गाउँका खोप केन्द्रमा पुग्नुपर्ने बाध्यता रहेको बताउनुभयो । “निकै छरिएको वस्ती भएका कारण एक वस्तीबाट अर्को बस्तीमा पुग्न चार÷पाँच घण्टा लाग्छ एउटा खोप केन्द्रमा १५ जना मात्रै खोप लगाउने छन् तर हामी खोप केनद्रमा पुगेकै हुन्छौं ।” उहाँले भन्नुभयो

You can share this post!

म्याग्दीमा कोरोना विरुद्धको बुस्टर खोप लगाउन सुरु

जापान छोडेर गाउँमै ६६ लाखमा बाख्रापालन

Related posts