धवलागिरी –२ को अध्यक्षमा एमालेका विक विजयी

म्याग्दी । म्याग्दीको धवालगिरी गाउँपालिका वडा नम्वर २ लुलाङको वडा अध्यक्षमा एमालेका उम्मेदवार अक प्रसाद विक विजयी हुनुभएको छ । उहाँले ३३३ मत प्राप्त गरि अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी ज्ञान गठवन्धनबाट अध्यक्षका उम्मेदवार ज्ञान बहादुर पाईजाले ३१६ मत पाउनुभएको हो ।

महिला सदस्यमा गठवन्धनबाट काँग्रेसकी फुलमाया बुढाथोकी, एमालेबाट दलित महिला सदस्यमा दिलमाया विक, सदस्यमा तिलराम दमाई र भिम बहादुर पाईजा निर्वाचित हुनुभएको छ ।
धवलागिरीमा १ र २ वडाको मतगणना सकिदा गठवन्धनका उम्मेदवार अगाडि रहेका छन ।

अध्यक्षमा गठवन्धनबाट काँग्रेसका प्रेम प्रसाद पुनले ६१६ र एमालेकी थमसरा पुनले ३३३ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा गठवन्धनबाट माओवादी केन्द्रका रेशम पुनले ५७२ र एमालेका प्रगति कार्कीले २६१ मत लिनुभएको छ ।

You can share this post!

मंगला –२ मा अध्यक्ष धन बहादुर खाती सहित एमालेको प्यानल विजयी

गठबन्धनलाई पराजित गर्दै जलजला ४ मा नेकपा एमाले विजयी

Related posts