आमा तिमी भन्दा महान अरु को छ?

आमा,
तिमिले म सम्झिएर दिएको फुल
मैले आफ्नो हत्केलामा थापेकी हु
तिमीले छाडेको संघर्स मैले मेरो पिठ्युँमा बोकेकी हु ।
भमराले चुमेका रहरहरु
पुतलीले खेलेका लुकामारीहरु
फुल हरुको एउटा जीवन जस्तै रहेछ आमा ।।
फुलको पनि पुस्ता फेरिएछ आमा
तिमी बाट म र म बाट अरु कोहि ।
मृत्यु लाई हत्केलामा राखेर
सुन्दर भविष्य देख्ने आमा हरुले मात्र हो,
एक पटक धर्ती स्वाट्ट छाडेर
धर्ती बसाउन आउने पनि आमा हरुले हो ।
आगनिको डिलमा बसेर तिम्रो दिल छाम्छु
आहा!कति प्रिय छन तिम्रा भावना हरु
त्यसैले त तिमिले भकुर्दा पनि तिमी लाई नै गुहार माग्छु आमा ।

निःस्वार्थ प्रेम आमाहरु संग
दया करुणा र भावना आमाहरु संग
फुलेका राताम्य लालिगुरास आमाहरु संग
अनि सुनौला सपना हरु पनि आमाहरु संग!
कुन सपना छ जो आमा चाहानु हुन्न?
कुन खुसी छ आमा किनिदिन खोज्नु हुन्न?
भन तिम्रो कुन चाहाना छ
जो आमा पूरा गर्न चाहानु हुन्न?
बारिमा घस्स्रेर,माटोमा जोतिएर
कान्ला भिर पाखा जंगल चहारेर
तिम्रो खुसिको लागि आज अगेनामा भात पाक्दै छ।।
छेउइमा तिमीलाई मनपर्ने गुन्द्रुक उम्लिदै छ ।
मेरो आमाको झोलिमा मै अटाएको छु
मधुस भित्रको खजनामा मै अटाएको छु
दुख गरि गरि टिपेर बनाएको सिस्नुको गासमा पनि मौ आटाएको छु!

सोध्नु आमा लाई तपाईं के चाहानु हुन्छ?
जबाफ तिमी भए पुग्छ।
सोध्नु आमा लाई अब के भैदिए जस्तो लाग्छ?
जबाफ तिमि खुसी भए पुग्छ ।
चाउरिन लागेका गालाले पनि
मेरै चुम्बन चहारिदिन्छ
भेउ पाउन छाडेको आँखाले पनि
मेरै सफलता देखिरहन्छ
हिड्न छाडेका गोडाले पनि
मेरो सफलताको यात्रामा पनि यात्रा गर्न खोज्छ
भिजेका तिम्रा परेलाले पनि
मेरा दुख हरुका कसिङ्गर रोक्न खोज्छु
आमा तिमी भन्दा महान अरु को छ?
मनु थापा मगर

You can share this post!

बेनी– बागलुङ सडकको भुवानेदेखि हुलाके खण्ड पिच हुँदै, १० गतेसम्म सडक बन्द हुने

प्रतिष्ठान म्याग्दीद्वारा मातातीर्थ औंसीमा ज्येष्ठ नागरिकहरुलाई भोजन

Related posts