बेनपाको तीन ठाउँमा चुनावी सभाः जनलहर एमालेकै पक्षमा

म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी एमाले बेनी नगर कमिटीको आयोजनामा बेनी नगरपालिकाको विभिन्न स्थानमा चुनावी आमसभा र घरदैलो कार्यक्रम भएको छ । आगामी शुक्रबार हुन गैरहेको स्थानीय तह निर्वाचन–२०७९ नजिकिँदै जाँदा म्याग्दी जिल्लाको विभिन्न स्थानमा एमालेले चुनावी कार्यक्रम गरेको हो ।

सोमवार बेनपा–९, घतानको काउलेगौंडामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै एमाले गण्डकी प्रदेशका सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले देशको विकास गर्न र जनमुखी बजेट तथा कार्यक्रमहरु ल्याउने पार्टी एमाले भएकाले एमालेका उम्मेदवारलाई मतदान गरी विजयी बनाउन अनुरोध गर्नुभयो । उहाँले देश विकास गर्ने स्पष्ट भिजन एमालेसँग मात्रै भएको भन्दै एमालेले जित्नुको विकल्प नभएको दावी गर्नुभयो ।


यसैगरी डडुवामा आयोजित कार्यक्रममा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य खुमबहादुर बानियाँले आसन्न स्थानीय निर्वाचनबाट एमाले देशको सबैभन्दा ठूलो पार्टी बन्ने बताउँदै देशको विकास गर्ने पार्टि एमालेमा मतदान गर्न मतदाताहरुलाई अनुरोध गर्नुभएको छ ।

त्यस्तै थामडाँडामा आयोजित कार्यक्रममा एमाले गण्डकी प्रदेशका अर्का सचिवालय सदस्य देवबहादुर घलेले अहिले देशमा भैरहेको विकास नेकपा एमालेको नीति, कार्यक्रम र बजेटअनुसार भएकाले अब पनि देश विकासको नेतृत्वका लागि एमालेको सरकार आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा एमाले गण्डकी प्रदेश कमिटी सदस्यद्वय प्रमोद श्रेष्ठ, सन्तोष रावल, बेनी नगरपालिका कमिटी अध्यक्ष नारायण जिसी र अनेरास्ववियुका स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेश संयोजक प्रकाश पौडेलले वर्तमान सत्तारुढ पाँचदलीय गठबन्धन एमालेसँग डराएर चुनावी गठबन्धन गरेको आरोप लगाउँदै एमाले एक्लैले गठबन्धनलाई चुनावबाट साइजमा ल्याउन सक्ने चेतावनी दिनुभयो ।

उहाँहरुले ‘समृद्ध नेपाल र सुखी नेपाली’को परिकल्पनालाई साकार पार्नका लागि र लोकप्रिय कार्यक्रम तथा बजेटमार्फत नागरिकको स्तरोन्नतिसहित देशको विकास गर्नका लागि एमाले नेतृत्वको सरकार आवश्यक पर्ने भएकाले सूर्य चिन्हमा मतदान गरि एमालेलाई विजयी बनाउन आग्रह गर्नुभयो ।

बेनी नगरपालिका मेयरका उम्मेदवार सुरत केसी र उपमेयरका उम्मेदवार पशुपति शाहीले पाँच बर्षको अवधिमा जनताको सेवक वनि समग्र नगर क्षेत्रको विकास र समृद्धिका लागि सुर्य चिह्नमा मतदान गरी एमालेका उम्मेदवारलाई विजय बनाउन अनुरोध गर्नुभयो । कार्यक्रम एमाले वडा कमिटी अध्यक्ष तथा सदस्य पदका उम्मेदवार चिरञ्जीवी शर्मा र ईश्वरसिङ खत्रीको अध्यक्षता तथा नगर कमिटी सचिव सुवास विश्वकर्मा र पुलाचौर वडा कमिटी अध्यक्ष दिनेश कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो । यसैबीच घतानको स्याँलीखेत र तिनमानेमा पनि उम्मेदवारसहितको टोलीबाट घरदैलो तथा मतदाता भेटघाट समेत गरिएको थियो ।

बेनी नगरपालिकाका सवै वडामा जनता एमालेको पक्षमा देखिएका निर्वाचन परिचालन कमिटीका सचिव समेत रहनुभएका एमाले बेनी नगर कमिटी सचिव सुवास विश्वकर्माले बताउनुभयो । बस्ती बस्तीमा जनलहर हाम्रै पक्षमा छ, हामी जितको नजिक छौँ, विश्वकर्माले भन्नुभयो ।

You can share this post!

नमूना वडा निर्माण गर्ने स्वतन्त्र उम्मेदवार शाक्यको प्रतिवद्धता

नेकपा एमालेको प्रतिबद्धताः बेनी नगरपालिकामा ‘मोबाइल अस्पताल’ सञ्चालनदेखि श्रम बैंक स्थापना गरि रोजगार प्रदान गरिने (पूर्णपाठसहित)

Related posts