तनावपूर्ण खेलबारे प्रशिक्षक अब्दुल्लाह भन्छन् फुटबलमा यो सामान्य हो

काठमाडौं । मोरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल निकै तनावग्रस्त रह्यो । खेलमा देखिएको तनावग्रस्त अवस्थाका बारेमा बोल्दै नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले फुटबलमा यो सामान्य रहेको बताएका छन् ।

‘‘मैत्रिपूर्ण खेल कहिलेकाँही झगडा भएर पूरा हुनपनि पाउँदैन । फुटबलमा रिस, झगडा, एग्रेसन समान्य हो । त्यसलाई ठूलो रुपमा लिनु पर्दैन,’उनले भने ।

खेलका दौरान मैदानमा अवस्था तनावग्रस्त भएपछि खेलका दौरान मोरिससका सात खेलाडीले पहेँलो र दुई खेलाडीले रातो कार्ड पाएका थिए । यस्तै, नेपालका एक खेलाडी र गोलकिपर कोच विकाश मल्लले रातो कार्ड तथा ४ खेलाडीले पहेँलो कार्ड पाएका थिए ।
आजको खेलमा ३–४–३ फर्मेसनमा खेलाएको र ७० प्रतिशत बल राख्न सफल रहेको बताएका थिए ।

मोरिससविरुद्धको मैत्रीपूर्ण श्रृंखलामा दुवै जितको आसा नरहेको प्रशिक्षक अब्दुल्लाहले बताए ।

‘दुवै खेलमा जितको अपेक्षा थिएन,’उनले भने ‘एक जित–एक हार, एक जित–एक बराबरीको अपेक्षा थियो । तर दुवै खेलमा जित निस्कियो यसबाट म खुसी छु ।’

 

You can share this post!

मौरिसस विरुद्ध नेपालको दोस्रो जित

आज सोनाम ल्होसार पर्व मनाइँदै

Related posts