नमूना वडा निर्माण गर्ने स्वतन्त्र उम्मेदवार शाक्यको प्रतिवद्धता

म्याग्दी । बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार कृष्ण बहादुर शाक्यले नमूना वडा निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

वडाको विकास र सुशासनलाई प्राथमिकतामा राखि नागरिकको सेवालाई चुष्ट बनाउने योजना रहेको उहाँले बताउनुभएको छ । लामो सयम सम्म बेनी नगरपालिकामा कर्मचारीको रुपमा कार्यरत शाक्यलाई सुशासन, विकास र सेवाको क्षेत्रमा अनुभव र ज्ञान समेत रहेको छ ।

त्यहि अनुभवले पनि योजना बनाएर काम गर्न सहज हुने उहाँको भनाई छ । ‘हाम्रो नगर राम्रो नगर, हाम्रो वडा समृद्ध र नमूना वडा’ भन्ने उदेश्यका साथ अवकाश पछिको जीवन जनताको सेवामा समर्पित गर्ने चाहना स्वरुप स्वतन्त्र रुपमा अध्यक्ष पदमा उम्मेदवारी दिएको शाक्यले बताउनुभयो ।

वडा नम्वर ७ मा घरदैलो गरि मतदाता संग भोट माग्ने कार्यलाई अन्तिम चरणमा पु¥याउनुभएका शाक्ले सोमबार आयोजित पत्रकारहरु संगको भेटघाट कार्यक्रममा निस्वार्थ रुपमा नागरिकको सेवा आफ्नो मुख्य एजेन्डा रहेको बताउनुभयो ।

उहाँले बैशाख ३० मा मतपत्रको अन्तिमको तेस्रो नम्बरमा रहेको हाँस चिन्हमा मतदान गरि विजयी बनाउन सम्पूर्ण वडाबासीहरुमा अनुरोध गर्नुभएको छ । डा नम्वर ७ मा नेकपा एमालेबाट राजेन्द्र कुमार श्रेष्ठ र गठवन्धनबाट नेपाली काँग्रेसका रमेश कुमार श्रेष्ठ अध्यक्षका उम्मेदवार हुनुहुन्छ ।

You can share this post!

ताकममा एमालेको वृहत चुनावी सभाः सकियो प्रचार अभियान

बेनपाको तीन ठाउँमा चुनावी सभाः जनलहर एमालेकै पक्षमा

Related posts