म्याग्दी सदरमुकाम बेनीमा पछिल्लो २ महिनामा गाउँबाट विभिन्न काममा बेनी झरेका ३ वृद्ध महिलाहरुलाइ झुक्याएर लुटेराहरुले गहना लुटपाट गरेका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीको सुचना अनुसार पछिल्लो २ महिनामा ३ जना वृद्ध महिलाको गहना लुटपाट भएको हो ।
गत १० गते बेनपा ४ डाँडाखेतकी ७६ बर्षीय पुतली सार्की बिरामी भएका श्रीमानलाइ औषधी किन्न बेनी बजार आउनु भएको थियो । उहाँलाइ दुइ जानाको समुहले आफ्नै आमा जस्तै भन्दै फकाएर आफुहरु सँग १०÷१५ तोला सुन रहेको र उक्त सुन दिने भन्दै विद्युत प्राधिकरणको भवन भन्दा तल रहेको सडको कुनामा लगी कानमा लगाएको रिङ्ग फकाइ फुलाइ गरी लगेको र उक्त नक्कली सुन आफुलाइ दिएको पिढीत सार्कीले बताउनु भयो ।
त्यसैगरी गत माघ ६ गते पनि मंगला गाउँपालिका २ बाविया चौरकी ६६ वर्षकी विमती किसान लाइ पनि सोही अनुसार प्रलोभनमा पारेर एक तोला बराबरको सिक्री लगेर गएका थिए । त्यस्तै माघ ५ गते मंगला गाउँपालिका १ कुँहु पैयुपाटा की दिलमती किसानलाइ पनि सोही प्रकृतीका दुइ जनाकै समुहले विभिन्न प्रलोभनामा पारेर कानमा लगाएको दुइथान रिङ्ग र एकथान तिलहरी उनीहरुले लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्ष स्यामकुमार राईले बताउनु भयो ।
भिडियाे
https://www.youtube.com/watch?v=7cow0hSJkG8
पिडीतहरु लाइ सुन जस्तै देखिने नक्कली सुन दिने र यसमा धेरै सुन भएको भन्दै लुटेरा समुह त्यसठाउँ बाट भाग्ने र पछि पिडीतहरुले नक्कली सुन भन्ने थाहापाए पछि मात्रै ढिलो गरेर प्रहरी कार्यालयमा आउने भएकाले अनुसन्धानमा समस्या भै रहेको प्रनाउ राईले बताउनु भयो ।
उहाँले तिनै जनालाइ एकै ठाउँमा लगेर उक्त समुहले लुटपाट गरेको बताउँदै खोजी कार्य जारी रहेको बताउनु भयो । सबै प्रकृतिका घटनामा हुलिया उस्तै आएको बताउँदै आफुहरुले गम्भीर भएर अनुसन्धान अगाडि बढाएको बताउनु भयो । बेनी बजारमा सिसिटिभी क्यामोरा जडान भएता पनि धेरै मात्रामा सिसिटिभी क्यामोरा विग्रीएका कारण अनुसन्धान गर्न कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।