पत्रकार गर्बुजाद्वारा प्रेस युनियनको अक्षयकोषलाई सहयोग

बेनी । म्याग्दीका पत्रकार धनिलाल गर्बुजाले आफ्नो जन्मदिनको अवसरमा प्रेस युनियन म्याग्दीलाई आर्थिक सहयोग गर्नुभएको छ । रघुगंगा गाउँपालिका ४ दग्नाम निबासी गर्बुजाले बुधबार परेको जन्मदिनको अवसरमा प्रेस युनियन म्याग्दीले स्थापना गरेको अक्षयकोषलाई दश हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।

उक्त रकम एक कार्यक्रममा विच गर्बुजाले प्रेस युनियन म्याग्दीका सभापति राकेश शर्मा र सचिव साधन राम्जालीलाई हस्तान्तरण गर्नुभयो । जन्मदिनको अवसरमा हुने फजुल खर्चलाई जोगाएर पत्रकारलाई सहयोग पुगोस भन्ने उद्धेश्यले सहयोग गरिएको पत्रकार गर्बुजाले बताउनुभयो ।

म्याग्दी न्युज डटकममा आवद्ध गर्बुजा प्रेस युनियन म्याग्दीका उपाध्यक्ष र नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) म्याग्दीका कोषाध्यक्ष हुनुहुन्छ ।

म्याग्दीमा क्रियाशिल पत्रकारहरुको आपतकालिन सहयोगका लागि स्थापना गरि पाँच लाख पु¥याउने लक्ष राखिएको अक्षयकोषलाई हाल अष्ट्रेलियामा रहनुभएका प्रेस युनियन म्याग्दीका पुर्व सभापति गोपाल छन्त्यालले बीस हजार सहयोग गर्नुभएको छ ।

त्यस्तै कोषका लागि नेपाल पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतमले दश हजार रुपैयाँ सहयोग गर्नुभएको सचिव राम्जालीले जानकारी दिनुभयो । कार्यक्रममा जिल्लाका पत्रकार तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

You can share this post!

बेनीमा एउटै वडा बाट ४ उपमेयरका उम्मेदवार

बेनीमा मेयरका उम्मेदवार केसीद्वारा घरदैलो अभियान सुरु

Related posts