बेनीमा शितको थोपा अभियान संस्थाको कार्य शुभारम्भ

म्याग्दी । सामाजिक काम गर्ने उद्देश्यका साथ म्याग्दीको बेनीमा शितको थोपा अभियान संस्थाको स्थापना भएको छ । बुधबार बेनीमा एक कार्यक्रमको आयोजना गरि सो संस्थाले आफ्नो कार्य सुभारम्भ भएको घोषणा गरेको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समाजसेवी, व्यबसायी जीवन कुमार बिश्वकर्माले सेवा गर्ने ब्यक्ति, वा संस्थाले आफ्नो काम चुस्त र निष्पक्ष रुपमा गर्नुपर्ने बताउनुभयो । दाताले दिएको सहयोगलाई वास्तविक पीडित सम्म नपुराई विचैमा हिनामिना पार्ने क्रम पनि कहिकतै देखिएकाले समाजसेवाको नाममा हुने यस्ता खालका गतिबिधि अत्यन्तै गलत भएको बिश्वकर्माले बताउनुभयो ।

बिश्वासका साथ काम गर्नुस शितको थोपा अभियानमा सवै जोडिन्छन, बिश्वकर्माले भन्नुभयो, “आजको शितको एक थोपा भोली बिशाल समुन्द्र बन्न सक्नेछ” । कार्यक्रममा बेनी नगरपालिका ९ का अध्यक्ष बेल बहादुर चोखाल, १ का अध्यक्ष टेक बहादुर रावल, ४ का अध्यक्ष गोबिन्द पौडेल, ३ का वडा सदस्य गेम बहादुर घर्ति, नेपाल उत्पीडित जातीय मुक्ति समाज बेनी नगर कमिटिका अध्यक्ष गोरी दर्जि, नेकपा एमाले बेनपा ९ का अध्यक्ष बावुराम चोखाल, साहित्यकार चन्द्र बहादुर लामिछाने लगाएतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष सुनिल दामलले दुख, पीडा, जुनसुकै समस्यामा परेकाहरुलाई सहयोग गर्नका लागि संस्था मार्फत अभियान सुरु गरिएको जानकारी दिनुभयो । अभियानमा जनचेतना, सेवा, जागरण र परिवर्तनमुखी गतिविधिलाई जोड दिइने उहाँले बताउनुभयो ।

दाताहरुले गरेको सहयोगलाई वास्तविक दिनदुखीहरुको पहिचान गरि आबश्यकता अनुसारको सहयोग गरिने उहाँले बताउनुभयो । कार्यक्रम अध्यक्ष दामलको अध्यक्षता र संचारकर्मी अमित बिश्वकर्माको संचालनमा सम्पन्न भएको थियो ।

You can share this post!

एमाले बेनी नगर कमिटि अध्यक्षमा नारायण जिसी निर्बाचित

एमाले बेनी नगरको नयाँ नेतृत्वलाई सपथ ग्रहण

Related posts