म्याग्दीबाट महिला भलिबल टीम उप- मेयर कप खेल्न बुटवल प्रस्थान

म्याग्दी । बुटवल उप -महानगरपालिका नगर खेलकुद बिकास समिति द्वारा आयोजित उप मेयर कप महिला भलिबल प्रतियोगीतामा सहभागी हुन म्याग्दीबाट महिला भलिबल टीम बुटवल प्रस्थान गरेका छन । स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद, सबैका लागी खेलकुद भन्ने मुल नाराका साथ महिला भलिबल खेलाडी हरुको क्षमता बिकास र उत्पादन गर्ने उद्देस्यले बुटवल उप महानगरपालिका नगर खेलकुद बिकास समितिले अन्तर नगरपालिका स्तरीय उप मेयर कप राष्ट्रीय महिला भलिबल प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगीतामा बेनी नगरपालिकाको तर्फबाट सहभागी हुनका लागी क्षेत्रीय खेलाडी पबित्रा शिर्पालीको कप्तानीमा महिला भलिबलको समुह बुटवल गएको हो । खेलाडी हरुमा रेबिना घर्ती, मनिषा तिलिजा, सुस्मि  पुन, कल्पना छन्त्याल, लुकु श्रीस, हिमाली रोका, सुनिता बस्नेत, पुर्णिमा राई र निरकुमारी खत्री रहेका छन । प्रशिक्षक मा खड्क केसि, मलिन रोका , गंगा केसी र टीम ब्यबस्थापक राज कुमार भण्डारी लाई छनौट गरि बुटवल पठाईएको जिल्ला खेलकुद बिकास समितिले जनाएको छ ।

खेलाडिहरुलाई मंगलबार जिल्ला खेलकुद बिकास समितिमा एक कार्यक्रमको आयोजना गरि बिदाई गरिएको छ । खेलाडीहरुलाई जितको शुभकामना दिदै खेलकुद बिकास समितिका अध्यक्ष दिनेश केसीले अनुशासन र मेहनतका साथ खेल खेल्न खेलाडिहरुलाई अनुरोध गर्नु भयो ।

कार्यक्रम मा जिल्ला भलिबल संघका अध्यक्ष रमेश श्रेष्ठ, म्याग्दी भलिबल प्रशिक्षक तेजेन्द्र बानीयाँ ले पनि खेलाडिहरुलाई जीत हाँसील गरेर फर्किन लागि शुभकामना प्रकट गर्नु भएको थियो । प्रतियोगिता मंसिर २३ देखी २५ गते सम्म बुटवलमा संचालन हुनेछ कार्यक्रम जिल्ल खेलकुद बिकास समितीको अध्यक्ष दिनेश केसिको अध्यक्षता, कार्यालय प्रमुख दान बहादुर राईको संचालनमा समपन्न भएको थियो।कार्यक्रम जिल्ला  खेलकुद बिकास समितीको अध्यक्ष दिनेश केसिको अध्यक्षता, कार्यालय प्रमुख दान बहादुर राईको संचालनमा समपन्न भएको थियो।

You can share this post!

पुलाचौरमा महिला तथा ज्येष्ठनागरिक लक्षित शिविर, बेनी नगरपालिकाद्वारा वडा तहबाटै सेवा दिँदा ग्रामीण भेगका नागरिकहरु लाभान्वित (फोटोफिचर)

प्रशिक्षक मलिन रोका द्वारा फलियागाउँमा भलिबल प्रशिक्षण 

Related posts