पेट्रोलीयम पदार्थको मूल्यबृद्धिमा युवा संघ मंगलाको बिरोध

राष्ट्रिय युवा संघ मंगला गाउपालिका कमिटीले पेट्रोलीयम पदार्थको मूल्य बृद्धि भएको प्रति बिरोध जनाएको छ ।
शुक्रबार मंगला गाउँपालिकाको केन्द्र बाबीयाचौरमा हालको गठबन्धन सरकारले पेट्रोलीयम पदार्थको अस्वाभाविक मूल्य बृद्धि र चरम महंगीको अबस्था सृजना गराएको भन्दै बिरोध कार्यक्रमको आयोजना गरेको हो ।

हरेक बस्तुमा भएको महंगीले नेपाली जनता प्रत्यक्ष मारमा परेको भन्दै  मूल्य बृद्धि फिर्ता गराउनका लागि सरकारलाई दवाव स्वरुप कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय युवा संघ नेपाल मंगला गाउँपालिका कमिटी संयोजक दिलिप बुढाथोकीले बताउनुभयो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य एवँ मंगला गाउँपालिकाका उपाध्यक्ष सृजना केसीले गठबन्धन सरकारले गरेको लापरवाहीले देशमा चरम महंगी बढिरहेको बताउनुभयो । यस्तो अबस्थामा सरकारले व्यवास्ता गरिरह्यो भने नेपालमा श्रीलङका जस्तो अबस्था आउन सक्ने भन्दै यसप्रति युवाहरु मात्र नभएर देशका हरेक नागरिकहरु सचेत हुन र सरकारलाई दवाव दिन आवश्यक रहेको बताउनुभयो ।

बिरोध सभामा नेकपा एमाले जिल्ला सचिबालय सदस्य धन बहादुर खाति, मंगला पालिका कमिटी सचिब चिरञ्जीवि शर्मा, उप सचिब राजु पाण्डेले मतब्य व्यक्त गनुभएको थियो । कार्यक्रम युवा संघ पालिका कमिटी संयोजक दिलिप बुढाथोकीको अध्यक्षता र सहसंयोजक कुमार किसानको संचालनमा सम्पन्न भएको थियो ।

You can share this post!

गठबन्धन यथावत रहन्छः गृहमन्त्री खाँड

आदिवासी जनजाति सीमा रक्षक भएको गृहमन्त्री खाँडको भनाई

Related posts