स्ववियु निर्वाचन माग गर्दै अस्कलमा ‘डेमो’ चुनाव  तस्बिरहरु

काठमाडौँ – स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु को चुनाव नभएको विरोधमा काठमाडौँको अमृत साइन्स क्याम्पस अस्कलमा शनिबार विद्यार्थीहरुले सांकेतिक रुपमा स्ववियु चुनाव गरेका छन्।

विगत १३ वर्षदेखि स्ववियु चुनाव हुन सकेको छैन। क्याम्पसहरुमा तत्काल चुनावको माग गर्दै अनेरास्ववियु क्याम्पस कमिटीको आयोजनामा ‘डेमो’ चुनाव गरिएको हो।

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीका कारण विद्यार्थी हकहितका लागि बोल्ने तथा क्याम्पसमा भएका समस्या समाधानका लागि पहल गर्ने संस्था स्ववियुको चुनाव हुन नसकेको आरोप अनेरास्ववियु अस्कल कमिटीले लगाएको छ।

अब पनि चुनाव नगरिए स्ववियु नै खारेज गर्नुको विकल्प नरहेको उनीहरुले बताएका छन्। त्रिविले स्ववियु चुनावमा उम्मेदवार बन्नका लागि २८ वर्षे उमेर हदबन्दी लागु गरे पनि चुनाव भने हुन सकेको छैन। अस्कलमा शनिबार विद्यार्थीहरुले स्ववियुका विभिन्न पदका लागि सांकेतिक रुपमा मतदान गरे।

 

You can share this post!

प्रकृतिको पूजा गरी उधौली पर्व मनाइँदै

नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीको अध्यक्षमा लेख बहादुर हमाल निर्बाचित

Related posts