ज्योति युवा क्लवले सञ्चालन गर्याे हामी बचाउँछौं हाम्रो डडुवा गाउँ

म्याग्दीमा कोरोना माहामारी संक्रमण नियन्त्रण भन्दा बाहीर गए पछि बेनी नगरपालिका ५ डडुवामा गठन भएको ज्योती युवा क्लबले हामी बचाउँछौं हाम्रो डडुवा गाउँ अभियान सञ्चालन गरेको छ । क्लवमा आवद्धता रहेका डडुवाली युवाहरु एक भएर कोभिड–१९ संक्रमण गाउँमा फैलिन थाले पछि क्लव मार्फत अभियान सञ्चलन गरेर गाउँमा कोरोना संक्रमणदर रोक्ने प्रयास गरीएको क्लवका अध्यक्ष दिनेश कार्कीले बताउनु भयो ।


डडुवाबाट रोजगारीको शिलशिलामा प्रवासमा रहेका डडुवावासी युवाहरु, स्थानीय समाजसेवीहरु र बेनी स्थीत विभिन्न लायन्स् क्लव मार्फत संकलन भएको आर्थिक रकमबाट गाउँमा कोरोना संक्रमण नियन्त्रण गर्नका लागि आवश्यक स्वाथ्य सामाग्री खरिद गरी वितरण गरीएका कार्कीले बताउनु भयो । अहिले पहिलो चरण अन्तर्गत प्रति व्यक्ती बराबर ६ पिसका दरले ३२ सय ५० पिस माक्स र एक घर धुरी बराबर दुई सय एमएल सेनिटाइजरका दर ले २० लिटर सेनिटाइटर वितरण गरीएको उहाँले बताउनु भयो ।
कोरोनाका कारण केही समय पहिला गाउँका एक जना पुरुषले ज्यान गुमाएको र बाँकी ६ जनामा कोरोना संक्रमण पुष्टि भएपछी पछि गाउँलाइ बचाउन यो अभियान सञ्चालन गरीएको क्लबका सल्लाहाकार प्रेम भण्डारीले बताउनुभयो । युवाहरुले स्वाथ्य मापडण्ड पालना गरी संक्रमीतको अक्सिमीटरद्धारा अक्सिजन लेबल चेक गर्ने र थर्माेमिटरद्धारा जोरोको चेक अप गर्ने गरेको उहाँले बताउनु भयो । डडुवामा रहेका विभिन्न मानवीय तथा सामाजिक कामका क्षेत्रमा अग्रणी भुमीका खेल्दै आएको क्लवले उक्त क्लवले गाउँमा संक्रमीत भएका विरामीको उपचारमा ध्यान दिई दुई हप्तामा कोरोना मुक्त गाउँ बनाउने लक्ष्य अनुसार सचेतना मुलक अभियान पनि सञ्चालन गरीरहेको छ ।

You can share this post!

नेपाली कांग्रेस म्याग्दीद्धारा एम्बुलेन्स र ‘फुड बैंक’ स्थापना

रानिपौवाका युवाले सञ्चालन गरे रानिपौवा बचाउँ अभियान

Related posts