कांग्रेस म्याग्दीको  प्रारम्भिक मतपरिणाम सार्वजनिक

बेनी, ३ मंसिर । नेपाली काँग्रेस म्याग्दीको सातौँ जिल्ला अधिवेशनमा भएको निर्वाचनको मतगणनामा प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । १ सय ८३ मतको परिणाम सार्वजनिक भएको छ ।
प्रारम्भिक मतपरिणाम यसप्रकार छ ।

मतदानमा कुल ७३५ मतदातामा ७१२ मत खसेको छ । अधिबेशन अन्तरगत सर्वसम्मत नभएका पदमा मतदान भएको थियो । अधिवेशनमा समापतिमा खमबहादुर गर्वुजा सर्वसम्मत भएपनि उपसभापति, सचिव, सह–सचिव र महाधिवेशन प्रतिनिधि लगायतका पदमा विहिवार मतदान गरिएको हो । मतगणना सकेर आज नै मतपरिणाम सार्वजनिक गर्ने तयारी गरिएको निर्बाचन अधिकृत निरञ्जनलाल राजभण्डारीले जानकारी दिनुभयो ।

अधिवेशनमा दुई जना निर्वाचित हुने उप–सभापति पदमा कणर्बहादुर भण्डारी ९केबी०, डमबहादुर पुन, हरिकुमार श्रेष्ठ, माधबप्रसाद रेग्मी, मिनबहादुर कार्की, र कमल छन्त्याल प्रतिस्पर्धामा रहनुभएको छ ।त्यसैगरी दुई जना निर्वाचित हुने सचिब पदमा भरत रकाल, अजयमिलन श्रेष्ठ, दुर्गाराम सुबेदी र हिराबहादुर पुन प्रतिस्पर्धामा हुनुहुन्छ । त्यस्तै दुई निर्वाचित हुने सह–सचिब पदमा श्रीराम पौडेल, ध्रुबराज कार्की र कोमलप्रसाद उपाध्याय प्रतिस्पर्धामा हुनुहुन्छ ।

१० जना खुल्ला महाधिबेशन प्रतिनिधीमा १८ जना, चार जना महिला महाधिवेशन प्रतिनिधित्रमा ६ जना, आदिवासी जनजाती महिला महाधिवेशन प्रतिनिधि २ जनाका लागि ३ जना, आदिवासी जनजाति अन्य तर्फको ३ जनाको महाधिवेशन प्रतिनिधिमा ५ जना एक जना दलित अन्य तर्फको महाधिवेशन प्रतिनिधिमा २ जना उम्मेदवार प्रस्तिपर्धामा

You can share this post!

देउसीभैलोबाट सङ्कलित रकमले पुस्तकालय स्थापना

नेकपा एमाले बेनी नगर कमिटिको दोस्रो पुर्ण वैठक सम्पन्न

Related posts