म्याग्दी । विहिबार प्रकाशित माध्यामिक शिक्षा परिक्षा एसईईका नतिजामा बेनी स्थित लिटल गार्डेन एकेडेमीकी विदिशा सुवेदी जिल्ला प्रथम हुनुभएको छ ।
सुवेदीले ३.८६ जिपिए अंक प्राप्त गर्दै सर्वोत्कृष्ट नतिजा सहित जिल्ला प्रथम बन्नुभएको हो । त्यस्तै प्रकाश माविका सुधन घिमिरे सामुदायिक विद्यालयतर्फ प्रथम र जिल्ला भर दास्रो बन्न सफल हुनुभएको छ । घिमिरेले ३.८३ जिपिए अंक प्राप्त गर्नुभएको छ ।
त्यस्तै पकाश माविकी सुजना श्रेष्ठले ३.७९ जिपिए अंक ल्याएर सामुदायिक विद्यालयहरुमा छात्रातर्फ जिल्ला प्रथम बन्नुभएको छ । एसईई परिक्षा २०८० मा म्याग्दी जिल्लाबाट सहभागी हुल विद्यार्थीमध्य ३७.७४ प्रतिशत विद्यार्थीले ग्रेड र ६२.२६ प्रतिशत विद्यार्थीले ननग्रेड ल्याएका छन । शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख दल बहादुर थापाका अनुसार दुइवटा सम्म विषय लागेर पुरक परिक्षा दिन पाउने विद्यार्थी ३१ प्रतिशत रहेका छन । भने अर्को वर्षको परिक्षा कुर्नुपर्ने विद्यार्थी ३२ प्रतिशत रहेका छन । म्याग्दीबाट १८ सय ४० जना विद्यार्थीहरु एसईईमा सहभागी भएका थिए ।