नेपाल उत्पीडित जातिय मुक्ती समाजको मंगला गाउँपालिका भेला सम्पन्नः अध्यक्षमा मन कुमार किसान चयन

म्याग्दी, ७ असोज । नेकपा एमाले निकट जातिय संगठन नेपाल उत्पीडित जातिय मुक्ती समाजको पालिका स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।

बुधबार मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा जातिय मुक्ति समाज जिल्ला सम्मेलन आयोजक कमिटिको आयोजनामा सम्पन्न भेलाबाट मन कुमार शाही किसानको अध्यक्षतामा ४१ सदस्यीय पालिका कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा जित बहादुर किसान, सचिबमा हरि श्रीपाली, कोषाध्यक्षमा रेलमति किसान, र सह–सचिवमा दिलमाया बि.क चयन हुनुभएको छ ।

त्यस्तै चक्र बहादुर नेपालीको अध्यक्षतामा ३५ सदस्यीय मंगला गाउँपालिका २ को वडा कमिटि पनि गठन भएको छ । कमिटिको उपाध्यक्षमा बल बहादुर किसान, बल बहादुर बिश्वकर्मा, सचिवमा रुकमायाँ बिश्वकर्मा, र कोषाध्यक्षमा भिम कुमारी किसान चयन हुनु भएको जातिय मुक्ति समाज जिल्ला सम्मेलन आयोजक कमिटिका सदस्य कुमार किसानले जानकारी दिनुभयो ।

 

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल उत्पीडित जातिय मुक्ति समाजका केन्द्रिय सदस्य एबँ गण्डकी प्रदेश सह–इन्चार्ज पुस्कर बिकले समाजमा सदियौँ देखि उत्पीडनमा परेका दलित बर्गले आफ्नो मुक्तिका लागि बिभन्न आन्दोलनहरु गर्दै आएकोमा त्यसलाई पुर्ण रुपमा समर्थन गर्ने पार्टी नेकपा एमाले नै भएको बताउनुभयो । सिङ्गो दलित समुदाय संग इमान र प्रतिष्ठा जोडिएकाले भोटको बेला नोटको प्रलोभनमा पर्न नहुने भन्दै बिकले बिभेद रहित समाज निर्माण र समुदायको अग्रगामी बिकासका लागि सम्पुर्ण दलितहरु एक ढिक्का भएर अगाडि बढ्नु पर्ने बिचार ब्यक्त गर्नुभयो ।

त्यस्तै नेकपा एमाले म्याग्दीका सचिव बालकृष्ण सुबेदीले एमाले २०७५ जेठ २ भन्दा अघिको अबस्थामा फर्किएपछि पार्टीले गाउँगाउँमा नेता तथा अगुवा कार्यकर्ता भेटघाट र बिभिन्न मोर्चाहरुको पुनर्गठनलाई तिब्रता दिएको बताउनुभयो । उहाँले म्याग्दी जिल्ला एमालेको बिशाल चट्टान भएकाले कसैले पनि फुटाउन नसक्ने दाबि गर्नुभयो ।

भेलामा जातिय मुक्ति समाज जिल्ला सम्मेलन आयोजक कमिटिका संयोजक एबँ मालिका गाउँपालिका उपाध्यक्ष खरमाया बिटालु, राष्ट्रिय युवा संघ नेपालका केन्द्रियस सदस्य एबँ मंगला गाउँपालिका उपाध्यक्ष सृजना केसी, मंगला गाउँपालिका २ का वडा अध्यक्ष धन बहादुर खाती क्षेत्री, अनेरास्ववियू केन्दिेय सचिवालय सदस्य सुवास बिश्वकर्मा लगाएतका नेताहरुको उपस्थिति रहको थियो ।

भेला नेपाल उत्पीडित जातिय मुक्ति समाज जिल्ला सम्मेलन आयोजक कमिटिका सदस्य एबँ अग्रज दलित नेता रत्न बहादुर बिकको अध्यक्षता, र भोज बहादुर थापा किसानको संचालनमा सम्पन्न भएको थियो । भेलामा जनसांस्कृतिक महासंघ जिल्ला शाखा म्याग्दीका कलाकारहरुबाट गीत तथा नृत्यहरु प्रस्तुत गरिएको थियो ।

You can share this post!

म्याग्दी काँग्रेसको नगर सभापतिमा युवा नेता बिक्रम बोगटीको उम्मेदवारी घोषणा

धौलागिरीमा भूपु सैनिक तथा प्रहरी संगठनको भेला सम्पन्न

Related posts