नेपाल बैंकको अध्यक्षमा सुमनराज अर्याल नियुक्त भएका छन्। सरकारको तर्फबाट सञ्चालक रहेका अर्याललाई बैंक सञ्चालक समितिको भदौ १० गते बसेको बैठकले अध्यक्षमा नियुक्त गरेको हो।
अध्यक्ष पदमा नियुक्त भएका अर्यालले केन्द्रिय बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको सपथ लिएका छन्।