म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी एमाले म्याग्दीको नवौँ जिल्ला अधिवेशन सुरु भएको छ । अहिले जिल्ला समन्वय समितिको सभाहलमा उद्घाटन समारोह चलिरहेको छ । देशभर एकै साथ आयोजना भएको जिल्ला अधिवेशनको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यम बाट उद्घाटन गर्नुभएको हो ।
अधिवेशनमा जिल्लाभरबाट चुनिएका ५१० जना प्रतिनिधिहरु सहभागी भएका छन । अधिवेशन उद्घाटन पूर्व एमालेका नेता तथा कार्यकर्ता, प्रतिनिधि, परिवेक्षक र बिभिन्न जनवर्गीय संगठनहरुले ¥याली सहित बजार परिक्रमा गरेका थिए ।
अधिवेशनलाई नेकपा एमालेका स्थायी कमिटि सदस्य एवं प्रतिनिधि सभा सदस्य थपमाया थापा, केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सदस्य भुपेन्द्र बहादुर थापा, गण्डकी प्रदेश कमिटि अध्यक्ष नवराज शर्मा लगाएतका नेताहरुले सम्वोधन गर्नुहुने छ ।