म्याग्दी । गृहमन्त्री बालकृष्ण खाँडले आदिवासी जनजातिहरुले मुलुकमा सीमा सुरक्षाको काम गरेको बताउनुभएको छ । म्याग्दी सदरमुकाम बेनीमा शुक्रवार नेपाल छन्त्याल संघको ७ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै गृहमन्त्री खाँडेल तराईदेखि हिमालसम्मको सीमानामा आदिवासी जनजातिले मुलुकको सीमा सुरक्षाको रुपमा भूमिका खेलेको बताउनुभयो ।
‘‘हामी तराई देखि हिमालको फेदीसम्म हे¥र्यौ भने आदिवासी जनजातीको बसोबास रहेको देख्छौँ, त्यहाँ उहाँहरु बसोबास मात्रै गर्नुभएको छैन, नेपालको भूमिको रक्षा गर्न पनि भूमिका खेल्नुभएको छ, उहाँले भन्नुभयो । नेपालको दुर्गम र बिशिष्ट भूभागमा उल्लेख्य बसोबास रहेको छन्त्याल समुदायको अधिकारको रक्षा र कला संस्कृतिको सरक्षणमा सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।
छन्त्याल समुदायको पुख्र्यौली पेशा खानी उत्खनन् रहेको उल्लेख गर्दै उहाँले खानी उत्खनन् गर्दा स्थानीयबासीको मर्म र भावना बुझेर मात्रै अघि बढ्नु उचित हुने धारणा राख्नुभयो । ‘‘खानीले तत्कालिन समयमा नेपालको आबश्यकता परिपूर्तिमा महत्वपूर्ण योगदान दिएको थियो, अब उत्खननको क्रममा पनि आदिवासी जनजातिहरुसंगको सहकार्यलाई जोड दिनुपर्छ, स्थानीयको उचित व्यवस्थापन गरेर मात्रै खानी उत्खनन् हुन्छन’–गृहमन्त्री खाँडले भन्नुभयो ।
नेपाल भुगोलको रुपमा सानो रहेपनि संस्कृति, धर्म, भाषा, र जातिय विविधता रहेको उल्लेख गर्दै विविधताको संयोजनले नै राष्ट्रियताको संवद्र्धन गर्ने धारणा राख्नुभयो । उहाँले हिमालको फेदीसम्म बसोबास रहेको छन्त्याल समुदायको पहिचानको रक्षा र संवद्र्धनको लागि सरकार प्रतिबद्ध रहेको समेत बताउनुभयो ।
आदिवासी जनजातिहरुको मौलिक पर्वहरुमा सरकारले विदा दिएको उल्लेख गर्दै उक्त विदालाई आफ्नो भाषा, संस्कृति, परम्पराको संरक्षण र संवद्र्धनका लागि राष्ट्रिय पर्वको रूपमा मनाउन आह्वान गर्नुभयो । बेनीमा दुई दिनसम्म सञ्चालन हुने महाधिवेशनबाट आगामी तीन बर्षे कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन हुनेछ । महाधिवेशनको बन्द सत्रमा विभिन्न ११ जिल्लाबाट आएका ३५० बढी प्रतिनिधिले नयाँ नेतृत्व चयनमा सहभागी हुने संघका अध्यक्ष मोहन छन्त्यालले जानकारी दिनुभयो ।