लायन्स क्लव अफ बेनी सिटीद्वारा वृक्षारोपण

म्याग्दी । लायन्स क्लव अफ बेनी सिटीले वृक्षारोपण तथा फलफुल गोडमेल कार्यक्रम सम्पन्न गरेको छ । शनिवार बेनी नगरपालिका वडा नम्वर ६ डम्मरा स्थित शिव मन्दिर परिसरमा विभिन्न पजातिका एक सय वटा फलफुलका विरुवा रोपिएको लायसन्स क्लव अफ बेनी सिटीका अध्यक्ष राजु वानियाँले जानकारी दिनुभयो ।

त्यस्तै बेनी नगरपालिका वडा नम्वर ७ मा रहेको बराहपाखो सामुदायिक बनमा लगाईएको फलफुल गोडमेल तथा बन क्षेत्रमा सरसफाई गरिएको बानियाँले बताउनुभयो । वातावरणलाई स्वच्छ, सफा र हराभरा बनाउने उद्देश्य अनुसार वृक्षारोपण कार्यक्रम गरिएको हो । क्लवले स्थापनाकाल देखि नै विभिन्न सामाजिक गतिविधिहरु संचालन गर्दै आएको छ ।

वृक्षारोपण कार्यक्रममा क्लवका पूर्व अध्यक्ष दिपेन्द्र श्रेष्ठ, कृष्णसिँह बानियाँ, विनय श्रेष्ठ र निवर्तमान अध्यक्ष मिलन बानियाँको विशेष उपस्थिति रहेको थियो ।  कार्यक्रममा पूर्व अध्यक्ष श्रेष्ठले मानव स्वास्थ्य, गरिव तथा विपन्नको सहारा तथा विपतको समयमा साथी बन्दै जिल्लामा उत्कृष्ट क्लवको पहिचान बनाउन बेनी सिटीमा आवद्ध सम्पूर्ण लायन्सहरुलाई आग्रह गर्नुभयो ।

क्लवका अध्यक्ष बानियाँले वृक्षारोपन र बगैचा सरसफाई कार्यक्रममा सहभागी हुनुभएका पूर्व अध्यक्षहरु लगायत क्लवका सदस्यहरुलाई आभार प्रकट गर्दै आगामी दिनमा पनि निरन्तर रुपमा सामाजिक क्रियाकलापहरुमा लायन्स क्वल अफ बेनी सिटी सक्रिय रहने बताउनुभएको छ ।

You can share this post!

राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघ म्याग्दीको अध्यक्षमा किरण कार्की चयन

रघुगंगामा सार्वजनिक सुनुवाईः संरक्षण सहितको निर्माणमा जोड

Related posts