जापानमै अस्ताए शिखका चमान पाईजा मगर

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखका एक पुरुषको जापानमा मृत्यु भएको छ । रोजगारको सिलसिलामा जापानको आईचि केन टोयोटा सिईमा रहेको कम्पनीमा विगत २१ वर्षदेखि कार्यरत रहनुभएका शिखका ४९ वर्षीय चमान सिंह पाईजा मगरको मृत्यु भएको हो । फेब्रुअरी १३ मा कम्पनीमा कार्यरत रहेकै अबस्थामा उहाँको मृत्यु भएको  एनआरएनए आईसीसी सदस्य एवम म्याग्दी प्रवासी नेपाली संघ (मोना) आईसीसी (एसिया प्यासिफिक संयोजक)दीपक कार्कीले जानकारी दिनुभयो ।

‘घटनाको जानकारी पाएलगत्तै पुगेको थिए,‘कम्पनी र प्रहरीसँग आवश्यक समन्वय भइरहेको छ’ कार्कीले भन्नुभयो ।  कार्कीको संयोजकत्वमा गैर आवासीय नेपाली संघ जापानका सचिव श्याम शितल ,गैर आवासीय नेपाली संघ जापान क्षेत्रीय समिती नागोयाका संयोजक मनोज बम मल्ल र मोना जापान क्षेत्रीय समिती नागोयाका सचिव सागर थापा बगाले सहित कार्यरत कम्पनीमा उपस्थित भई कम्पनीका सञ्चाल र प्रहरीसंग समेत घटनाको विषयमा जानकारी लिनुभएको थियो ।

कम्पनीका सञ्चालकबाट प्राप्त जानकारी अनुसार विगत ५ वर्षदेखि मुटु रोगको समस्या भई नियमिती औषधि सेवन गरिरहेको भन्ने जानकारी प्राप्त भएको र शव अन्त्येष्टिको विषयमा आवश्यक प्रकिया पुरा गर्ने क्रममा रहेको मोना जापानका अध्यक्ष सचिन श्रेष्ठले बताउनुभयो । जापानमा रोजगार, शिक्षाको सिलसिलामा पुगेका म्याग्देलीलाई समस्या परेमा मोना जापान लगायतका नेपाली संघसंस्थाको सहयोगले उपचार तथा अन्त्येष्टीमा सहज हुने गरेको छ ।

You can share this post!

पत्रकार शर्माकी छोरीको उपचारको क्रममा निधन

अदुवा खेतीतर्फ किसानको आकर्षण बढ्दै

Related posts