माविस्तरीय विज्ञान हाजिरीजवाफमा प्रकाश मावि प्रथम

म्याग्दी । दसौं अन्तर माविस्तरीय विज्ञान हाजिरीजवाफ प्रतियोगितामा प्रकाश मावि प्रथम भएको छ । शैक्षिक उपलब्धि बढाउन र विद्यार्थीहरूले सिकेको किताबी ज्ञानलाई दिगो बनाउने उदेश्यले प्रकाश माविको आयोजना र युवा रेडक्रस सर्कलको ब्यवस्थापनमा प्रतियोगिता आयोजना गरिएको थियो ।

प्रतियोगितामा द्धितिय न्यु वेष्ट पोइन्ट आवासीय मावि, तृतिय बेनी सामुदायिक मावि र सान्त्वना मुक्तिधाम मावि राखु भएको यूरेश प्रकाश माविका सभापति अर्जुन विश्वर्काले बताउनुभयो ।

कक्षा १० सम्मका विद्यार्थीको सहभागिता रहेको प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुनेले क्रमश नगद ८ हजार, ६ हजार, ४ हजार २ हजार, रनिङ ट्रफि र प्रमाणपत्र प्राप्त गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाका उप सभापति काशीराम रेग्मीले विद्यार्थीको शैक्षिक क्षमता विकासका लागि ज्ञानमुकल प्रतियोगिताको आवश्यकता रहेको बताउनुभयो ।

उहाँले हाजिरीजवाफ लगायत बौद्धिक क्रियाकलापले शैक्षिक गुणस्तरमा समेत सघाउने र विद्यार्थीको पढाईप्रतिको रुची समेत बढाउन महत्वपूर्ण भूमिका निभाउने बताउनुभयो ।

कार्यक्रको अध्यक्षता यूरेसका कार्यवाहक अध्यक्ष अर्जुन विश्वकर्मा, स्वागत विद्यालयका प्रअ लेखबहादुर हमाल, सञ्चालन सहायक प्रअ विनय श्रेष्ठ र कार्यक्रम संयोजक शिक्षक कविराज थापा रहनुभएको थियो । प्रतियोगितामा १४ टिमको सहभागिता रहेको थियो ।

You can share this post!

राष्ट्रपति भण्डारी पर्वतको कालञ्जरमा आउने

बेनी–गलेश्वर सडक दैनिक साढे छ घण्टा बन्द हुने

Related posts