अनेरास्ववियु म्याग्दीद्वारा म्याग्दी बहुमुखी क्याम्पसमा कमिटि गठन

म्याग्दी। नेकपा एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियु जिल्ला कमिटि म्याग्दीले संगठन बिस्तार तथा सुदृढिकरण अभियान अन्तर्गत जिल्लाको अंग्रणी शैक्षिक संस्था म्याग्दी बहुमुखी क्याम्पसमा क्याम्पस ११/१२ मा कमिटी गठन  गरेको छ ।
मंगलबार क्याम्पसमा कक्षा ११ र १२ को संयुक्त कमिटि गठन भएको हो ।

शिक्षा शंकाय तर्फ सुजाता पुन मगरको अध्यक्षतामा नमुना पुन मगर उपाध्यक्ष, मन्जुर कटुवाल सचिब, समी बिश्वकर्मा र दिलमाया जुग्जाली सहसचिव र पुनम नेपालि कोषाध्यक्ष रहको ४० सदस्यीय कमिटि गठन गरिएको छ । त्यस्तै ब्यवस्थापान शंकाय तर्फ अप्सन केसीको अध्यक्षतामा उपाध्यक्ष सुस्मिता शर्मा , सचिव बिश्वास सापकोटा, सहसचिव अस्मिता श्रेष्ठ, सुशिला खत्री , कोषाध्यक्ष रहेको ५० सदस्यीय प्रारम्भिक कमिटि गठन गरिएको जिल्ला संयोजक दर्पण रोकाले जानकारी दिनुभयो ।

कार्यक्रमको प्रमुख अतिथि अनेरास्ववियुका केन्द्रिय सचिवालय सदस्य तथा म्याग्दी जिल्ला इन्चार्ज सुवास बिश्वकर्माले आफुले लिनुपर्ने शिक्षाको बजेटका आधारमा विद्यार्थीहरुले धारणा बनाएर बाध्यकारी शिक्षा दिने प्रवृतिको अन्त्यका लागि र बिधार्थीको ज्ञान, सिप ,क्षमताको आधारमा ढुक्क संग बिधार्थिले निशुल्क शिक्षा लिन पाउनुपर्ने नैसर्गिक अधिकारको लागि अनेरास्ववियु निरन्तर रुपमा लडिरहेको बताउनुभयो।

सबैखाले बिभेदमा बिद्रोह,बिकृती बिसङ्गती विरुद्धमा म अखिल कार्यक्रम जिल्ला भरी संचालन गरिने शिक्षामा रहेको खाडललाई पुर्न सम्पुर्ण विद्यार्थीहरुलाइ अनेरास्ववियु मा गोलबद्द गरि अगाडि बढ्ने साथै हरेक समस्यालाई निराकरण गर्न,शिक्षा स्वास्थ्य र देशको हरेक सिस्टमलाइ परिबर्तन गर्नका निमित्त अखिल बनी प्रगतिशील यात्रामा लम्किन विद्यार्थीलाई अनुरोध गर्नुभयो ।

अनेरास्ववियुका जिल्ला संयोजक दर्पण रोकाको अध्यक्षता, अनेरास्ववियुका केन्द्रिय सचिवालय सदस्य तथा म्याग्दी जिल्ला इन्चार्ज बिश्वकर्माको प्रमुख आतिथ्यता , जिल्ला सह(संयोजक मिलन खत्रिको स्वागत र प्रचार बिभाग प्रमुख समिर रोकाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

You can share this post!

सर्वोच्च प्रशासनले कानून व्यवसायीलाई भन्यो( अदालत परिसरमा नाराबाजी नगर्नू

बेनी नगरपालिकामा एमालेको टोल कमिटी निर्माण सुरु

Related posts