महभिरको पहिरोले पुरिएको मोटरसाइकल निकालियोः अवरुद्ध सडक खुलाईयो

म्याग्दी । बेनी जोमसोम सडक अन्र्तगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा शनिबार राती पहिरोमा पुरिएको मोटरसाइकल निकालिएको छ । बेनी देखि शिखतर्फ जांदै गरेको ध २ प ६०३३ नम्बरको पल्सर कम्पनीको सो मोटरसाइकल गुडीरहेको अवस्थामा शनिबार राती पहिरो खसेर पुरिएको थियो ।

मोटरसाइकलका चालक भने भागेर ज्यान बचाउन सफल भएका छन् । महभिर देखि माथिको भिरमा नयाँ पहिरो सिर्जना भएको छ । बेनी जोमसोम कोरला सडक आयोजनाले आइतबार बिहान सडक विभागको डोजर परिचालन गरेर मोटरसाइकल निकाल्नुका साथै अवरुद्ध सडक खुलाएको छ ।

आइतबार बेनी जोमसोम सडक सूचारु रहेको छ । रातीको समयमा बेनी जोमसोम सडकमा यात्रा नगर्न स्थानीय प्रशासन र बेनी जोमसोम कोरला सडक आयोजनाले अनुरोध गरेको छ ।

You can share this post!

डिभिजन वन कार्यालय म्याग्दीद्वारा उत्कृष्ट सामुदायिक वन र पत्रकार पुरस्कृत

म्याग्दीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रमबाट १० हजारबढी लाभान्वित

Related posts