अन्तर मा.वि. लोकनृत्य प्रतियोगितामा न्यु वेष्ट प्वाईन्ट प्रथम

म्याग्दी । म्याग्दी जेसिजको आयोजनामा भएको १८ औं अन्तर मा. वि. रनिङ्गशील्ड लोकनृत्य प्रतियोगितामा न्यू वेष्ट प्वाईन्ट आवासिय मावि प्रथम भएको छ ।

जेसिजको २४ औं स्थापना दिवसको अवसरमा आयोजित ‘जेसीज सप्ताह’ कार्यक्रम अन्तरगत शनिबार नेपाल भाषा मङ्काखलको सभाहलमा भएको लोकनृत्य प्रतियोगितामा ११ विद्यालयको सहभागिता भएको थियो । प्रतियोगितामा बेनी बोर्डिङ आवासीय मावि द्वितिय र बेनी सामुदायिक विद्यालय उत्कृष्ट टिमको उपाधी जितेको छ ।

प्रतियोगितामा प्रथम हुने न्यु वेष्ट प्वाईन्टलाई नगद १० हजार रुपैयासहित रनिङ्ग कप, ट्रफि र प्रमाणपत्र, द्वितिय हुने बेनी बोर्डिङलाई नगद ६ हजार ५०० रुपैयासहित ट्रफि र प्रमाणपत्र र उत्कृष्ट नृत्य प्रस्तुत गर्ने बेनी सामुदायिक विद्यालयलाई नगद ३ हजार ५०० रुपैयाँसहित ट्रफिले सम्मान गरिएको जेसिज सप्ताह कार्यक्रमका मुल संयोजक हरि भण्डारीले बताउनुभयो ।

प्रतियोगितामा विजेता विद्यालयलाई बेनी नगरपालिकाका  उपमेयर ज्योती लामिछाने, नेपाल जेसिज पुर्व अध्यक्ष धनन्जकुमार श्रेष्ठ, म्याग्दी जेसिजका अध्यक्ष सन्दिप खत्री, जेसिज सप्ताह कार्यक्रमका मूल संयोजक भण्डारी लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

लोक नृत्य प्रतियोगिताको अवसरमा बेनी नगरपालिकाका मेयर सुरत केसी, उपमेयर ज्योती लामिछानेले युवाहरुको नेतृत्व विकासमा म्याग्दी जेसिज योगदान महत्वपूर्ण रहेको बताउनुभयो । जेसिजले नगरका जनप्रतिनिधिलाई पाचँबर्षभित्र नगरभित्र गनुपर्ने कामको तस्विर समेटिएको सन्देशमूलक मायाको चिनो प्रदान गर्दै जेसिज सप्ताह सम्पन्न गरेको छ ।

अध्यक्ष खत्रीको अध्यक्षता, मुल संयोजक भण्डारीको स्वागत र कार्यक्रम संयोजक सुमन बानियाँको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । जेसिज सप्ताह अन्तरगत दन्त शिविर, आँखा शिविर, सार्वजनिक भाषणकला तालिम लगायतका कार्यक्रम गरिएको म्याग्दी जेसिजले जनाएको छ ।

You can share this post!

मुदीमा निःशुल्क आँखा शिविरः दुइ सय १८ विरामीले सेवा पाए

सुन्दर मतिचौरः घना जंगलको विचमा १०८ धारा

Related posts