सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशको असोज १२ गते हुन गएको अधिवेशनमा म्याग्दीका सफल ब्यवसायी जिवनकुमार विश्वकर्माले उपसभापति पदको उम्मेदवारी दिनुभएको छ । चनद्रकिशोर गौतमको प्यानल बाट विश्वकर्माले उपसभापति पदको उम्मेदवारी दिनुभएको हो । विश्वकर्माको वेनी बजारको न्युरोडमा सुनचाँदी दुकान रहेको छ ।
यस भन्दा अगाडि नेपाल सुनचाँदि व्यवसायी संघ म्याग्दीका अध्यक्ष भैसक्नुभएका विश्वकर्मा म्याग्दी उघोग वाणिज्य संघ म्याग्दीका निर्वतमान अध्यक्ष समेत हुनुहुन्छ । सामाजिक कार्यमा सकृय विश्वकर्मा हाल जिल्ला आयुवेद स्वाथ्य केन्द्र म्याग्दीको अध्यक्ष समेत हुनुहुन्छ । उहाँले सुनचाँदि व्यवसायि हरुको समस्या समाधान गर्न, सुनचाँदीमा शुद्धता ल्याउन, अब्यवस्थित सुन पसलहरुको ब्यवस्थापन गर्न आफ्नो उम्मेदवारी रहेको बताउनु भयो ।