आफन्तको सम्झनामा आरवाङ रहेको जनबिकास आधारभूत विद्यालयमा अक्षयकोष स्थपना

म्याग्दीको धौवलागिरी गाउँपालिका–६ मराङमाको आरवाङ रहेको जनविकास आधारभूत विद्यालयमा आफन्तको सम्झनामा अक्षय कोष स्थापना गरीएको छ । विद्यलायमा शनिवार एक कार्यक्रमको आयोजना गरि तिनजना बाट छुट्टाछुटै तिन वटा अक्षयकोष स्थापना भएको हो । स्थानिय नाखे गुरुङ्गले श्रीमति लालमति गुरुङ्गको सम्झनामा १ लाख रुपैयाँको अक्षकोष स्थापना गर्नुभएको छ । त्यसैगरी गत असार २५ गते राति आएको बाढीपहिरोमा परी दिवंगत भएका छोरी कञ्चन र करिश्माको स्मृतिमा ५० हजारको धनबहादुर जुग्जाली र भीमप्रसाद जुग्जालीले श्रीमति गौसरा र बुहारी दिमाको सम्झनामा २५ हजारको अक्षय कोष स्थापना गर्नु भएको हो ।
स्थापना गरीएको उक्त अक्षयकोषबाट विद्यालयमा अध्ययन गर्ने गरीब, जेहेन्दार विद्यार्थिहरुलाई छात्रावृति प्रदान गरीने विद्यालयले जनाएको छ । साथै उक्तकार्यक्रममा विद्यालय व्यवस्थापन समितीका भुपु अध्यक्ष शान्तप्रसाद पुनलाई सफल कार्यकाल पुरा गरेको अवसरमा सम्मान तथा विदाइ गरीएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितीका अध्यक्ष पुर्णबहादुर गुरुङ्गको अध्यक्षता र प्रअ तिलक गर्बुजाको सञ्चालनमा सम्पन्न भएको थियो ।

You can share this post!

नेपाल चेम्वर अफ कमर्स म्याग्दीको अध्यक्षमा रकाल

गण्डकी प्रदेश सुनचाँदी ब्यवसायी महासंघको उपसभापतिमा म्याग्दीका विश्वकर्माको उम्मेदवारी

Related posts