पाँच खेलमा लगातार जित निकाल्दै टिपटप हेल्प नेपाल फाइनलमा

काठमाडौँ । काठमाडौँमा संचालन भईरहको छैठौँ आर.बि.बि–एन.भि.ए.राष्ट्रिय महिला तथा पुरुष भलिभल प्रतियोगीतामा पुरुषतर्फ पाँच खेलमा लगातार जित निकाल्दै टिपटप हेल्प नेपाल स्पोर्टस कल्व फाइनलमा प्रवेश गरेको छ ।

नेपाल भलिवल संघको आयोजनामा गत बैशाख १८ गते देखि सुरु भएको प्रतियोगीतामा त्रिभुवन आर्मी क्लव र टिपटप हेल्प नेपालको टिम आज दिउँसो दुई बजे फाइनल खेल्ने छन । ७ टिमको सहभागीता रहेको राष्ट्रिय प्रतियोगीतामा लगातार पाँच टिमलाई जितेर फाइनलमा प्रवेश गरेको टिपटपले १४ र त्रिभुवन आर्मी क्लवले १५ अंक प्राप्त गरेका छन ।

३ जना अन्तराष्ट्रिय खेलाडी सहित मैदानमा उत्रिएको टिपटप हेल्प नेपालको मुख्य प्रशिक्षणको जिम्मेवारी राष्ट्रिय स्तरमा पहिचान बनाएका म्याग्दीका भलिवल प्रशिक्षक तेजेन्द्र बानियाँले सम्हाल्नुभएको छ ।  उहाँले खेलाडिलाई उत्कृष्ट खेल प्रदर्शनका लागि प्रशिक्षण गराईरहनुभएको छ ।

यद्यपी अन्तराष्ट्रिय खेलाडि सम्मिलित भएकाले आफ्नो टिममा खेलाडिको तालमेल मिल्न केही कठीनाई भएपनि पछिल्लो समय सुधार हुँदै आएको प्रशिक्षक बानियाँले बताउनुभयो ।
विभागीय टिम नेपाल आर्मी भने निकै बलियो टिमको रुपमा देखिएको छ ।

राष्ट्रिय टिममा खेलेका खेलाडिहरुको वर्चस्व भएकाले पनि आर्मीले उत्कष्ट खेल प्रदर्शन गरिरहेको छ । नेपाली सेटरले विदेशी खेलाडिलाई सेटिङ मिलाउन थोरै समस्या परिरहेको छ । व्लक र डिफेन्समा केही सुधार गर्न सके खेल जित्न सकिने प्रशिक्षक बानियाँको भनाई छ । प्रथम स्थान हाँसिल गर्नका लागि आजको खेल जित्नै पर्ने भएकाले उत्कृष्ट खेल प्रदर्शन गर्ने गरि तयारी गरेको बानियाँले बताउनुभयो ।

टिपटप हेल्प नेपाल स्पोर्टस क्वलले बानियाँलाई खेल अवधिभर मुख्य प्रशिक्षकको जिम्मेवारीमा नियुक्ति गरको हो । विदेशी खेलाडिहरुको खेल हेर्न दर्शकहरुको भने सहभागीता वढेको छ । प्रतियोगीतमा प्रथम पुरुस्कार रु ६ लाख, द्वित्तिय पुरस्कार रु ३ लाख, तृतिय पुरस्कार रु १ लाख ५० हजार र सान्तवना पुरस्कार रु ७५ हजार प्रदान गरिने नेपाल भलिवल संघले जनाएको छ ।

 

You can share this post!

दुईहात जोड्दै जनताको दैलोदैलोमा सुरत केसी

मालिका –४ का वडा अध्यक्ष दिलिप शेरचन नेकपा एमालेमा प्रवेश

Related posts