कांग्रेस म्याग्दीको जिल्ला सभापतिमा खम्बिर गर्बुजा निर्विरोध चयन

म्याग्दी। नेपाली काँग्रेस म्याग्दीको सभापतिमा वर्तमान सभापति खमबहादुर गर्बुजा खम्बिर नै निर्विरोध चयन हुनुभएको छ । आज सुरु भएको सातौं जिल्ला अधिवेशनमा सभापति पदका लागि गर्बुजा वाहेक अन्य कसैको पनि उम्मेदवारी नपरेपछि उहाँ निर्विरोध सभापतिमा चयन भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

निर्बाचन समितिले उम्मेदवारको प्रथम नामावली प्रकाशन गरिसकेको छ । नामावली अनुसार सभापति सहित कतिपय पदहरुमा निर्विरोध भएको छ तर आधिकारिक रुपमा घोषणा भने भएको छैन ।

निर्वाचन अधिकृत निरञ्जनलाल राजभण्डारीले दिएको जानकारी अनुसार उम्मेदवारी दर्ताको समय भित्र सभापति पदमा एकजनाको मात्र उम्मेदवारी परेको छ । यसैगरी उपसभापतिमा दुई पदका लागि ६ जना, सचिवमा २ पदका लागि ४ जना र सहसचिवमा २ पदका लागि ३ जनाको उम्मेदवारी परेको उहाँले बताउनुभयो ।

अधिवेशनको उद्घाटन सत्र अहिले जिसस सभाहलमा चलिरहेको छ । अन्य पदहरुमा भने धेरै आकांक्षीहरु देखिएका छन् ।

You can share this post!

नेपाली काँग्रेस म्याग्दीको सातौँ जिल्ला अधिवेशन सुरु

अनेरास्ववियु म्याग्दीको ‘म अखिल’ अभियान पुलाचौरबाट सुरु

Related posts