एमाले बेनि नगरपालिका १० को घरदैलो अभियान तिब्र

म्याग्दी । नेकपा एमाले बेनि नगरपालिका वडा नम्बर १० पात्लेखेतले निर्वाचन प्रचारप्रसारलाई तिब्र रुपमा अगाडी बढाएको छ । बैशाख ३० गते हुने स्थानीय तह चुनावलाई लक्षीत गर्दै एमालेले घरदैलो कार्यक्रमलाइ तिब्र रुपमा अगाडी बढाएको हो ।
एमालेको तर्फबाट वडा अध्यक्ष पदको उम्मेदवार मस्बिर रोका मगर, खुल्ला महिला सदस्य जानकी शर्मा, दलित महिला सदस्य लाल कुमारी मिजार, सदस्यका उम्मेदवारदहरु गुप्त बहादुर मल्ल, टीका बहादुर पाईजाले वडाका घरघरमा पुगेर मतदातालाई भेटी भोट माग्नु भएको छ ।

घरदैलो अभियानमा नेकपा एमाले बेनि नगरपालिका वडा नम्बर १० कमिटी अध्यक्ष कृष्ण बहादुर मल्ल नगर कमिटी सदस्य हरि गर्बुजा, युवा संघको नेता साजन रोका, टार्जन पाईजा लगायत सहभागी हुनुहुन्छ ।

घरदैलोको क्रममा वडा अध्यक्षका उम्मेदवार रोका मगरले एमालेको अगुवाइबाट नै पात्लेखेतको बिकासले फड्को मारेको भन्दै एमालेको जित अनिवार्य रहेको बताउनुभएको छ । वडाको समृद्धिमा एमालेले अगाडी सारेका नारा लेखिएका व्यानर र झण्डा बोकेर घर आँगनमा पुगेका उम्मेदवारहरुलाई जेष्ठ नागरिकहरुले टीका र फुल लगाईदिएर जितको शुभकामना दिएका छन ।
पात्लेखेतको विकासका लागि बनाएको योजना लिएर जनता सामु आएका छौँ, भोट हामीलाई नै दिनुहुनेछ भन्ने विश्वास गरेका छौँ अध्यक्षका उम्मेदवार राकाले भन्नुभयो ।

You can share this post!

अन्नपूर्णको औल र रघुगंगाको बाँदुकमा एमालेको चुनावी सभा

धवलागिरिको मुनामा एमालेको घरदैलो, ताकममा अगुवा कार्यकर्ता भेला

Related posts