प्राविधिक शिक्षाका लागि आकर्षक गन्तव्य किसानी मावि

म्याग्दी । प्राविधिक शिक्षा अध्ययनका लागि म्याग्दीको मालिका गाउँपालिका –७ विममा रहेको किसानी मावि उत्कृष्ट गन्तव्य बन्दै आएको छ । पछिल्लो समय कास्की, तनहुँ, स्याङ्जा, धनुषा, सिराहा, कालिकोट, सुर्खेत, धादिङ लगायतका जिल्लाहरुबाट पनि विद्यार्थीहरु आउन थालेपछि किसानी माविमा संचालित प्राविधिक शिक्षालयको लोकप्रीयता बढ्दै गएको हो ।

हाल डिप्लोमा कृषि बाली विज्ञानतर्फ ५१ जना, डिप्लोमा पशु विज्ञान तर्फ ६० जना र प्री डिप्लोमा जेटिएतर्फ ३० जना विद्यार्थीहरुले अध्यन गरिरहेका शिक्षालयमा नयाँ भर्ना खुलेको छ ।

शैक्षिक सत्र २०७९÷०८० का लागि डिप्लोमा कृषि बाली विज्ञान, डिप्लोमा कृषि पशु विज्ञान र १८ महिने कृषि जेटिएमा नयाँ भर्ना खुलेको विद्यालयका प्राविधिक शिक्षा संयोजक करन कँडेलले जानकारी दिनुभयो ।

‘बजारमा गएर पढ्ने चाहना होइन, बजारले मागेको सिप खोजी खोजी पढ्ने चाहना राख्नुहोस, बेरोजगार हुनु पर्दैन’ भन्ने नारा लिएर भर्ना अभियान संचालन गरिएको उहाँले बताउनुभयो । जिल्लाका विभिन्न स्थानहरुमा पर्चा पम्प्लेटहरु टाँस गर्नुका साथै घरघरमा समेत अभिभावक तथा विद्यार्थीहरुलाई घेटघाट गरि प्राविधिक शिक्षा अध्ययनका लागि परामर्श सहित अनुरोध गरिएको संयोजक कँडलले बताउनुभयो ।


एसईई उतिर्ण विद्यार्थीहरुको समुज्ज्वल भविस्य निर्माण गर्ने उत्तम शैक्षिक गन्तव्य किसानी मावि र त्यहाँ संचालित प्राविधिक शिक्षा भएको संयोजक कँडेलले बताउनुभयो ।

विद्यार्थीहरुका लागि निशुल्क छात्रावासको व्यवस्था, दक्ष, अनुभवि र तालिम प्राप्त प्रशिक्षकहरुको व्यवस्था, व्यवस्थित प्रयोगशाला, कम्प्युटर ल्याव, प्रयोगात्मक अभ्यासका लागि प्रयाप्त मात्रामा फिल्डको व्यवस्था, उचित छुट तथा छात्रवृतिको समेत व्यवस्था भएकाले पनि प्राविधिक शिक्षा अध्ययनका लागि विद्यार्थीहरुलाई सहज हुने संयोजक कँडेलको भनाई छ ।

अध्ययन पुरा गर्दासाथ रोजगारको अवसरमा सृजना हुने भएकाले पनि प्राविधिक शिक्षातर्फ विद्यार्थीहरुको आकर्षण बढ्दै जान थालेको छ । सहि ठाउँमा लगानी गरि सुन्दर भविस्य निर्माणका लागि प्राविधिक शिक्षा अध्ययनका लागि शिक्षालयमा भर्ना हुन कसानी माविले सम्पूर्ण विद्यार्थीहरुलाई अनुरोध गरेको छ ।

 

 

You can share this post!

रघुगंगामा सार्वजनिक सुनुवाईः संरक्षण सहितको निर्माणमा जोड

मोना जापानको क्षेत्रीय सम्मेलन अगस्त १३ मा हुने

Related posts