उद्योग वाणिज्य संघ बावियाचौर इकाईको अध्यक्षमा प्रेमलाल पौडेल

म्याग्दी । म्याग्दी उद्योग वाणिज्य संघ बावियाचौर बजार इकाईमा प्रेमलाल पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । बावियाचौरको मगर संघको सभाहलमा शनिबार सम्पन्न अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा प्रमानन्द बिश्वकर्मा, प्रथम उपाध्यक्ष तिलक पुन,द्वितीय उपाध्यक्ष बेल बहादुर केसी, महासचिव हिरा शेर्पुजा जुग्जाली, कोषाध्यक्ष असोक पौडेल उपाध्याय,सचीव छमलाल पौडेल चयन हुनुभएको छ ।

कार्यसमितिको सदस्यहरूमा तारानाथ सापकोटा, मोतिलाल शर्मा, मनबहादुर थापा, गजेन्द्र जिसी, सुशिलादेवी खड्का, चित्रराज आचार्य, नन्दलाल गिरी (हरि) र निर्वतमान अध्यक्ष चक्रलाल पाण्डे रहेको प्रमुख निर्वाचन आयुक्त म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयो ।

बजार इकाईको अधिवेशनको उद्घाटन गदैं मंगला गाउँपालिकाका अध्यक्ष सत प्रसाद रोकाले मंगला गाउँपालिकाको समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गरेर काम गर्ने बताउनुभयो । ‘पर्यटन प्रर्बधन र उत्पादनमा इकाईको सक्रियता आवश्यकता छ,‘ कृषकका उत्पादन बजारीकरणमा समेत सघाउनुपर्छ’ अध्यक्ष रोकाले भन्नुभयो ।

बिशिष्ट अतिथि म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल, बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठ, बावियाचौरका वडा अध्यक्ष धनबहादुर खाती,अतिथि मंगलाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद पौडेल, दरवाङ बजार इकाईको अध्यक्ष लेकबहादुर पुनले निजी क्षेत्र र सरकारी निकाय विचको सहकार्यबाट समृद्ध मंगलाका अभियानहरुमा सहकार्य गर्न सहज हुने बताउनुभएको थियो ।

अधिवेशनमा म्याग्दी उवासंघका द्धितिय उपाध्यक्ष लिलाराम गौतम, महासचिव अमित बानियाँ, सदस्यहरु टेकप्रसाद सापकोटा, यज्ञबहादुर थापा, आमन्त्रित सदस्य नारायण शर्माको उपस्थिती रहेको थियो ।

You can share this post!

गाउँका विद्यालयको शैक्षिक गुणस्तरमा सबैले ध्यान दिनुपर्छः सांसद गर्बुजा

उद्योग वाणिज्य संघ धवलागिरी इकाईको अध्यक्षमा तेजेन्द्र थापा

Related posts