बेनी नगरपालिकामा एमालेको टोल कमिटी निर्माण सुरु

म्याग्दी । नेकपा एमाले बेनी नगरपालिका वडा न. ५ ले टोल- टोलमा कमिटि गठन कार्यलाई तिव्रता दिएको छ । नेकपा एमालेको पार्टी संगठन बिस्तार एवं सुदृढिकरण अभियान अन्तरगत बेनी नगरपालिका वडा न. ५ को प्रत्येक टोलमा कमिटि गठन लाई तिव्रता दिइएको हो ।

आइतबार प्रशिक्षणमुलक कार्यक्रमको आयोजना गरि बेनी नगरपालिका वडा न.  ५ को उपल्लाचौरमा नगेन्द्र भन्डारिको अध्यक्षतामा ३३ सदस्यीय टोल कमिटि गठन गरिएको छ ।

त्यस्तै वडा नं ५ कै डडुवामा प्रेम खत्रीको अध्यक्षतामा २५ सदस्यीय टोल कमिटि, चिप्लेटिमा याम बहादुर बानियाँको अध्यक्षतामा १७ सदस्यीय,  पुरुन्दीमा बिशाल परियारको अध्यक्षतामा २९ सदस्यीय , नयाँगाउमा  मिन बहादुर दर्जीको अध्यक्षतामा २३ सदस्यीय र तल्लो भिरमुनिमा होम कटुवालको अध्यक्षतामा २५ सदस्यीय टोल कमिटि गठन गरिएको वडा कमिटि अध्यक्ष दिनेश कार्कीले जानकारी दिनुभयो ।


कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य सुरत केसीले नेकपा एमालेलाई बेनी नगरपालिकामा पहिलो शक्ति कायम राख्नका लागि संगठन विस्तार कार्यलाई प्राथमिकताका साथ अगाडि बढाईएको बताउनुभयो । नेकपा एमाले बेनी नगरकमिटि अध्यक्ष नारायण जिसी ले जनभावना अनुसारको काम गर्ने पार्टी एमाले भएकाले अबको चुनावमा नगरमा पार्टीलाई जिताउनका लागी सबै एक भएर लाग्नु पर्ने बताउनु भयो । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य रामप्रसाद सुवेदी ,वडा अध्यक्ष लक्षमण बानीयाँ लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

You can share this post!

अनेरास्ववियु म्याग्दीद्वारा म्याग्दी बहुमुखी क्याम्पसमा कमिटि गठन

किसानी माविमा नवनिर्मित विद्यालय भवनको उद्घाटन, प्राविधिक शिक्षामा जोड दिनुपर्छः पूर्व मुख्यमन्त्री गुरुङ

Related posts