अनेरास्ववियु म्याग्दीको ‘म अखिल’ अभियान पुलाचौरबाट सुरु

म्याग्दी । अनेरास्ववियु म्याग्दीले म्याग्दीको बेनी नगरपालिका ५ पुलाचौरबाट म अखिल अभियान सुरु गरेको छ ।

बुधबार जनकल्याण माबिमा एक कार्यक्रमको आयोजना गरि बिपत्तीमा साहारा, सवैखाले बिभेदमा बिद्रोह, बिकृति र बिसङगतिको बिरुद्धमा सचेतनामुलक अभियानको सुरुवाट गरेको अनेरास्ववियु म्याग्दीका संयोजक दर्पण रोकाले जानकारी दिनुभएको छ ।

पुलाचौर क्षेत्रमा बिगत १ महिनाको अबधिमा २ वटा बलत्कारको घटना घटेकाले बिद्यार्थीहरुलाई सचेत गराउने उद्देश्यले सचेतना कार्यक्रम संचालन गरिएको संयोजक रोकाले जानकारी दिनुभएको छ । उक्त बलत्कारको घटनाको सांकेतिक बिरोध समेत गरिएको रोकाले बताउनुभयो ।

कार्यक्रममा बोल्दै अनेरास्ववियुका केन्द्रिय सचिवालय सदस्य तथा म्याग्दी जिल्ला इन्चार्ज सुवास बिश्वकर्माले सामाजिक बिकृति र बिसङ्गतिका लागि सचेत नागरिकको भूमिकामा रहेर लड्नका लागि अखिलले यो अभियान सुरु गरेको बताउनुभयो । यो अभियानलाई सार्थक बनाउनका लागि अखिल प्रत्यक्ष जनताको माझमा पुग्ने र समस्याको बिरुद्धमा आवाज बुलन्द बनाउने पनि उहाँले बताउनुभयो ।

अनेरास्ववियु गण्डकी प्रदेशले हालै सार्वजनिक गरेको म अखिल अभियानमा गण्डकी प्रदेश भरिकै बिद्यार्थीहरु जोडिने पनि उहाँले बताउनुभयो । सोही अबसरमा अखिलले जनकल्याण माबिमा संगठन बिस्तार समेत गरेको छ । सुजता कार्कीको अध्यक्षतामा ४६ सदस्यीय प्रारम्भिक कमिटि गठन गरेको अनेरास्ववियु म्याग्दीका प्रचार बिभाग प्रमुख समिर रोका मगरले जानकारी दिनुभयो ।

कमिटिको उपाध्यक्षमा अर्चना सुवेदी, सचिवमा अंकित पौडेल, सहसचिवमा रितु किसान र कोषाध्यक्षमा किस्मिता पौडेल रहनुभएको छ । कार्यक्रम अनेरास्ववियुका जिल्ला संयोजक दर्पण रोकाको अध्यक्षता, र प्रचार बिभाग प्रमुख रोकाको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा अखिलका जिल्ला सदस्यहरुको उपस्थिति रहेको थियो ।

You can share this post!

कांग्रेस म्याग्दीको जिल्ला सभापतिमा खम्बिर गर्बुजा निर्विरोध चयन

ठेकदारले काम नगरेपछि युवाले थाले चरणबद्द आन्दोलन

Related posts