एमाले अन्नपूर्ण गाउँपालिका अध्यक्षमा धनकुमार पुर्जा मगर निर्बाचित

म्याग्दी, कार्तिक १७  । नेकपा एमाले अन्नपूर्ण गाउँपालिका अध्यक्षमा धन कुमार पुर्जा मगर  निर्बाचित हुनुभएको छ।  नेकपा एमाले अन्नपूर्ण गाउँपालिकाले  नयाँ नेतृत्व पाएको हो। मंगलबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा समपन्न प्रथम पालिका अधिबेशनबाट पुर्जाको अध्यक्षतामा सर्बसम्मत रुपमा ४५ सदस्यीय पालिका कमिटी निर्बाचित भएको हो  ।

४५ सदस्यीय पालिका कमिटिको उपाध्यक्षमा खम बहादुर गर्बुजा  ,सचिवमा गंगा पुन , उप-सचिवहरुमा सुरेश पुर्जा पुन र राजाराम बरुवाल चयन हुनुभएको नेकपा एमाले म्याग्दिका सचीव बालकृष्ण सुबेदिले जानकारी दिनुभएको छ।


अधिवेशन नेकपा एमाले जिल्ला कमिटी म्याग्दिको अध्यक्ष हरिकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता, नेकपा एमाले अन्नपूर्ण गाउकमिटिका अध्यक्ष खड्ग गिरीको अध्यक्षतामा  सम्पन्न भएको थियो ।  कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले   अब हुने स्थानीय, प्रदेश र संघ तिनै तहको निर्बाचनमा नेकपा एमालेलाई जिताउनका लागि नव निर्वाचित पालिका कमिटिको महत्वपूर्ण भूमिका रहने बताउँदै नयाँ कमिटिलाई बधाई ज्ञापन गर्नुभएको थियो ।

नेकपा एमाले जिल्ला कमिटी म्याग्दिका उपाध्यक्ष देबेन्द्र केसी  एमाले जिल्ला कमिटी म्याग्दिको सचीव बालकृष्ण सुवेदी, एमाले बेनि नगरकमिटी अध्यक्ष नारायण जिसि , एमाले म्याग्दिको युवा नेता चन्द्रकुमार केसी  को विशेष उपस्थिति रहेको कार्यक्रममा पालिकाका सबै वडाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

You can share this post!

प्रेस सेन्टर म्याग्दीको चौथो जिल्ला सम्मेलन समपन्न

दैलेख एमालेलाई अध्यक्ष ओलीको निर्देशन– जानेलाई छाडेर अघि बढ्नुस्

Related posts