अनेरास्ववियू म्याग्दीले एकता प्रक्रिया अन्तर्गत बाँकी रहेको जिम्मेवारी लगायो टुङ्गो

अनेरास्ववियू म्याग्दीले एकता प्रत्रियालाई पुर्णता दिनका लागि बाँकी रहेको जिम्मेवारी टुङ्गो लगाएको छ । जिल्ला भित्र रहेका ६ वटा स्थानियतहहरुमा बाँकी रहेको एकता गठन प्रत्रिया टुङ्गो लगाएको हो । अनेरास्ववियूका केन्द्रीय सदस्य प्रकाश पौडेल, जिल्ला संयोजक सुवास बिश्वकर्मा र सह–संयोजक रेशम केसीको भर्चुअल बैठकले जिल्ला भित्र रहेका सम्पुर्ण पालिकाहरुको ईन्चार्ज, सह–इन्चार्ज, संयोजक र सह–संयोजक टुङ्गाएको हो ।
बैठकले बेनी नगरपालिका, रघुगंगा, अन्नपुर्ण, मंगला, मालिका र धौवलागिरी गाउँपालिकामा ईन्चार्जमा क्रमश सन्दिप खत्री, सन्दिप शर्मा रिजाल, दलबहादुर रोका ( दर्पण ), भाईरथ पाण्डे, रश्मी रोका मगर र ईश्वर सुवेदीलाई जिम्मेवारी प्रदान गरेको अनेरास्ववियू म्याग्दीले जनाएको छ । सह–ईन्चार्जमा क्रमश मिलन खत्री, सन्जय शर्मा, ज्योति पुन, जनक सोनाम, हेमन्त पाण्डे र सर्मिला पौडेललाई जिम्मेवारी प्रदान गरीएको छ । त्यसैगरी उत्त बैठकले संयोजकमा क्रमश धनबहादुर रोका (समिर), सन्दिप शर्मा, प्रविण विक, खुमबहादुर किसान, प्रेम निउरे र दिपक शर्मा लाई जिम्मेवारी प्रदान गरेको छ । सह–संयोजकमा विवेक केसी, शान्ति थजाली, अमृता गर्बुजा, कुशुम पाण्डे, प्रितम फगामी र उत्तम घर्तिलाई जिम्मेवारी प्रदान गरेको अनेरास्ववीयू म्याग्दीले जनाकारी दिएको छ ।
जिम्मेवारी प्रदान भएको छ अब कोरोना संक्रमण न्युन भए पछि सपथ ग्रहण कार्याक्रम आयोजना गर्ने छौं अनेरास्ववियू म्याग्दीका संयोजक सुवास विश्वकर्माले भन्नुभयो । जिम्मेवारी प्रदान गरेका पदाधिकारीहरुले विद्यार्थिको हक हितका लागि कोहि पनि विद्यार्थि शिक्षा बाट बन्चितहुन नपर्ने गरि अभियान सञ्चालन गर्ने, विद्यार्थि आन्दोलन लाई सशक्त बनाउने, शिक्षामा देखिएको समस्या लाई न्युनिकरण, निराकरण गर्दै संगठनका गतिविधि सञ्चालन गर्नु पर्ने विश्वकर्माले बताउनु भयो ।

You can share this post!

रातो पहिरो जीप दुर्घटनाः– अपडेट

रिजालको उपचारमा दक्षिण कोरीया रहेका म्याग्देली मार्फत ८४ हजार ७ सय ४३ रुपैयाँ सहयोग

Related posts