म्याग्दी, ६ असोज । नेपाली काँग्रेस बेनी नगर कार्यसमितिको सभापति पदमा युवा नेता बिक्रम बोगटीले उम्मेदवारी घोषणा गर्नुभएको छ । बुधवार उम्मेदवार घोषणा कार्यक्रमको आयोजना गरेर बोगटीले आफ्नो समुहका पदाधिकारी सहित उम्मेदवारी घोषणा गर्नुभएका हो ।
बोगटीको समुहका तर्फबाट उपसभापतिमा हरि प्रसाद पौडेल,मानकाजी घिमिरे, सचिवमा ज्ञानेन्द्र कुमार श्रेष्ठ, रणबहादुर शाही, सहसचिवमा शान्ती शर्मा पौडेल र सानीमायाँ कार्कीले उम्मेदवारी घोषणा गर्नुभएको छ ।
नेपाल बिद्यार्थी संघबाट राजनैतिक यात्रा सुरु गर्नुभएका बोगटी प्रखर वक्ता समेत हुनुहून्छ । बेनी नगरपालकाि १ रत्नेचौर निबासी बोगटी २०६५ सालमा नेपाल बिद्यार्थी संघको तर्फबाट म्याग्दी बहुमुखी क्याम्पसको स्ववियू सभापतिको उम्मेदवार हुनुहुन्थ्यो । त्यसपछि बोगटी निरन्तर रुपमा काँग्रेसको राजनितिमा सक्रिय हुनुहुन्छ । पूर्व रेडियोकर्मि बोगटी युवाहरु माझ लोकप्रिय हुनुहुन्छ ।
निष्ठा र इमानको राजनितिलाई जोगाउन आफूले सभापति पदका लागि उम्मेदवारी घोषणा गरेको बोगटीले बताउनुभयो । अग्रजहरुले दिएको जिम्मेवारीलाई इमान्दारिताका साथ पुरा गर्ने बाचा गर्दै बोगटीले कांग्रेसमा मुल्य र मान्यताको राजनितिलाई स्थापित गर्नका लागि पनि आफुलाई भोट गरि जिताउन सम्पुर्ण प्रतिनिधिहरुमा अनुरोध गर्नुभयो ।
घोषणा कार्यक्रममा काँग्रेसका पूर्व सभापति एबँ संबिधानसभा सदस्य रेशम बानीयाँ,नगर सभापति अनोद श्रेष्ठ र हालै मात्र निर्बाचित भएका बेनपाका ९ वटै वडाका वडा सभापतिहरु र क्षेत्रीय प्रतिनिधिहरुको सहभागिता रहको थियो । बोगटीको समुहलाई बानीयाँको समर्थन रहेको छ ।