राष्ट्रिय युवा संघ नेपाल म्याग्दीको संयोजकमा शिशिर शाही चयन

म्याग्दी, पौष ३०। नेकपा एमाले निकट युवाहरुको संगठन राष्ट्रिय युवा संघ नेपाल म्याग्दीको संयोजकमा शिशिर शाही चयन हुनुभएको छ ।

पोखरामा सम्पन्न युवा संघ केन्द्रीय सचिवालयको पुर्ण बैठकले शाहीलाई जिल्ला संयोजकमा चयन गरेको हो । शाही यस अघि युवा संघको जिल्ला सचिव हुनुहुन्थ्यो ।

बेनि नगरपालिका ६ निवासि शाही युवा संघको राजनितिमा सकृय हुनुहुन्छ ।संयोजकमा चयन भएसंगै उहाले युवा संघलाई जिल्लामा थप शसक्त बनाउने बताउनु भएको छ ।

बैठकबाट म्याग्दी जिल्ला इन्चार्जमा प्रबीण शाही चयन हुनुभएको छ । त्यस्तै एकजित रोका, सृजना केसी र किरण बानियाँ लाई म्याग्दी बाट राष्ट्रीय युवा संघ नेपालको केन्द्रीय सदस्यमा चयन गरेको छ ।

You can share this post!

कास्कीमा माघ १ गतेदेखि स्मार्ट लकडाउन

बेनीमा योग दिबस मनाइयो

Related posts