सारेगमप लिल च्याम्पसको टप ५ मा पर्वतका अरुण सुनारः परिवारद्वारा भोटको अपिल

म्याग्दी । पर्वतका अरुण सरनार ग्यालेक्सी ४ के टेलीभिजनबाट प्रसारण भईरहेको रियालिटि सो सारेगमप लिल च्याम्सको उत्कृष्ट ५ मा पर्न सफल भएका छन । कुस्मा नगरपालिका ६ पर्वत निवासी १३ बर्षीय सुनारले उत्कृष्ट गीत प्रस्तुत गर्दै टप ५ मा पर्न सफल भएका हुन ।

उत्कृष्ट ५ भित्र परे संगै उनले जित हाँसिल गर्नका लागि भोटको अपिल गरेका छन । सुनारको परिवारले पर्वत, म्याग्दी, बाग्लुङ लगाएत देश तथा बिदेशमा रहेका सम्पुर्ण नेपालीहरुलाई भोटको अपिल गरेको छ ।

‘गण्डकी प्रदेशका शान, पर्वतका मान अरुण सुनारलाई जिताऔँ अभियान’ नै संचालन गरेर आर्थिक संकलन तथा भोटको अपिल गरिएको सुनारकी दिदी पुजा बिकले बताउनुभयो । कार्यक्रमको फाइनल माघ २२ गते शनिबार सम्पन्न हुँने भएकाले २२ गते सम्म भोट गरिदिन पुजाले अनुरोध गर्नुभयो ।

अरुणलाई भोट गर्नका लागि मोवाइलको म्यासेज बक्समा गई  SGMP टाइप गरेर एक स्पेश छोडि ०३ लेखेर ३३००१ मा पठाउनु पर्ने छ । त्यस्तै अरुणलाई भोट गर्नका लागि आर्थिक सहयोग गर्न चहानुहुनेहरुले ९८६७९७१३५१ मोवाइल नम्वरमा इसेवा गर्न पनि सकिने पुजाले जानकारी दिनुभयो ।

अरुणको स्वर तथा उनले दिएको प्रस्तुती आम दर्शक श्रोताले मन पराएका छन । प्रत्येक श्रृखलाहरुमा निर्णायक तथा दर्शकको मन जित्दै आएका अरुणले गत हप्ताको श्रृखंलामा गीत गाउँदा अतिथिको रुपमा आउनु भएका महानायक राजेश हमाल स्टेजमै गएर अरुणलाई साथ दिनुभएको थियो । अहिले सम्मको उनको प्रस्तुति र श्रोता दर्शकको माया देख्दा अरुणले उक्त सो को ट्रफि जित्न सक्ने बिश्वास उनको परिवारले गरको छ ।

You can share this post!

जन्मदिनमा ज्येष्ठनागरिक आश्रमलाई खाद्यान्न सहयोग

तातोपानी–पखेर जोड्ने मोटरेवल पुलको ढलानमा लापरबाही (तस्बिर र भिडियो सहित)

Related posts