म्याग्दीको खाेमराज शर्मा दृष्टिविहिन वल्ड आईडलको मनोनयनमा

म्याग्दीको बेनी नगरपालिका ५ डडुवाका खोमराज शर्मा नेपालबाट दृष्टिविहिन वल्ड आईडलको मनोनयनमा पर्नु भएको छ । नेपाल नेत्रहिन संघले नेपालबाट शर्मालाई दृष्टिविहिन वल्ड आईडलको लागि मनोनीत गरेको हो ।
उहाँले दृष्टिविहिनहरुको क्षेत्रमा पु¥याउनु भएको योगदानको कदर गर्दै संघले नेपालबाट आईडलमा मनोनयन गरेको हो । विश्व नेत्रहिन महासंघले अयोजना गरेको यस आईडलमा विश्वभर रहेका विभिन्न मुलुकबाट छनोट भएका २६ जना दृष्टिविहिनहरुले भाग लिएका छन् । प्रतियोगितामा भोट र उनिहरुले पु¥याएको योगदानको आधारमा विजेता छनोट गरीने छ ।
नेपालबाट प्रतिनिधित्व गरेका शर्मासँग काँस्की नेत्रहिन संघ मार्फत नेपालकै पहिलो अडियो पुस्तकालय, नेपाल नेत्रहिन संघ बाग्लुङ्, इलाम र काँस्की लगाएका शाखाहरुमा र केन्द्रको विभिन्न जिम्मेवारीमा नेपाली दृष्टिविहिन विद्यार्थिहरुको शिक्षा प्रविधिमा पहुँच रोजगार र सशक्तीकरणको लागी निरन्तर रुपमा विगत २१ बर्ष देखि काम गर्दै आउनु भएको अनुभव रहेको छ ।
उहाँलाइ भोट गर्ने तरीका

सुरुमा तलको लिङ्कमा जानुहोस। https://idol.chancefortheblind.org/vote/1978 त्यस पछि तपाइँको इमेल लेख्ने ठाउँ आउँछ त्यहाँ आफ्नो मेल लेख्नुहोस र Submit गर्नुहोस। त्यसपछि तपाइँको इमेलमा confirmation मेसेज आउँनेछ, आफ्नो इमेल खोल्नुहोस र confirm your vote लिङ्कमा क्लिक गर्नुहोस।
Khomraj Sharma – IDOL 2021 Voting
idol.chancefortheblind.org

You can share this post!

राहुघाट नदी थुनिएर ५ दिन देखि गौडामुनीमा ताल

राहुघाट नदी थुनिएर ५ दिन देखि गौडामुनीमा ताल (फोटो फिचर)

Related posts