एमाले महाधिवेशन प्रतिनिधि ४३ जिल्लामा निर्विरोध चयन

काठमाडौं । ४३ जिल्लामा नेकपा एमालेका महाधिवेशन प्रतिनिधि निर्विरोध चयन भएका छन् । बिहीबारदेखि शुरु भएको प्रतिनिधि चयन प्रक्रिया अझै सकिएको छैन ।

शनिबार देशभर प्रतिनिधि चयन गर्ने एमालेको कार्यसूची थियो । तर ४३ जिल्लामा प्रतिनिधि चयन भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो । ‘सर्वसहमत प्रतिनिधि चयन भएको जिल्ला ४३ पुगेको छ, अरुतिर चयन हुन बाँकी छ’, तामाङले भन्नुभयो ।

अझै पनि कतिपय जिल्लामा प्रतिनिधि चयन गर्ने प्रयत्न भइरहेको उहाँले बताउनुभयो। निर्विरोध हुन नसकेका जिल्लाहरुमा चुनावको प्रक्रिया अगाडि बढेको छ । निर्वाचनको माध्यमबाट प्रतिनिधि चयन भएको विवरण आउन बाँकी रहेको पनि तामाङले बताउनुभयो ।

१०–१२ मंसिरमा हुने १०औं राष्ट्रिय महाधिवेशनका लागि एमालेले १,९९९ प्रतिनिधि चयन गर्दैछ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेश, जनसंगठन, विभाग, केन्द्रीय कार्यालय, प्रवास लगायतबाट एमालेले प्रतिनिधि चयन गर्दैछ ।

You can share this post!

म्याग्दी कांग्रेसको प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’ को सभापतिमा टंक पुन निर्वाचित

धौलागिरी क्षेत्रमा भीषण हिम पहिरो जाँदा मुस्ताङमा भागदौड

Related posts