ठेकेदारले कालोपत्रे नगरेपछि स्थानीयद्वारा गोदावरी सडक बन्द

ललितपुर । हरिसिद्धी(टौखेल सडक कालोपत्रे नगरेपछि स्थानीयबासी सडक नै बन्द गरेर प्रदर्शनमा उत्रिएका छन् । बाँडेगाँउ, सिभिलचोक ठैबमा डोरी, ड्रम, ढुंगालगायतका सामान राखेर सडक बन्द गरिएको ठैव बाँडेगाँउका कृष्णमुकुन्द महर्जनले जानकारी दिए ।

ठेकेदारले सडक कालालोपत्रे गर्ने भने पनि कामै नगरेपछि सडक बन्द गरेर आन्दोलन गर्नुपरेको महर्जनले बताए । ग्राभेल गरेर त्यत्तिकै छाडेका कारण सडकमा खाल्डाखुल्डी धेरै परेको छ ।उनका अनुसार स्थानीयलाई बाँडेगाँउस्थित प्रहरी वृत्तबाट वार्ताका लागि बोलाइएको छ ।

गोदावरी नगरपालिका( १४ का वडाध्यक्ष जगतनाथ महर्जन सडक नबन्दा सास्ती भोगेका स्थानीयलाई आफूले सम्झाउने अवस्था नरहेको बताउँछन् । उनी भन्छन्, ‘खाल्टोका कारण धेरै मोटरसाइकल लडिसके । स्थानीयलाई सास्ती छ ।’ स्थानीय प्रशासन र मन्त्रालयमार्फत ठेकदारलाई ताकेता गरिएको उनले बताए ।

यो सडक कालोपत्रे गर्ने जिम्मा सीएम कन्ट्रक्सनले लिएको छ । केही समयअघि गोदावरीको बाँडेगाँउदेखि बसपार्कसम्म १६ मिटरमात्र कालोपत्रे गरिएको छ ।

 

You can share this post!

पोखराको लेकसाइडमा भीषण आगलागीस् १० वटा पसल जलेर नष्ट

बिजोग बागलुङ कारागार ! कहिले बन्छन् सुधार गृह ?

Related posts