म्याग्दी। म्याग्दी मिडिया सोसाइटीको अध्यक्षमा कमल खत्री सर्वसम्मत चयन हुनुभएको छ । शुक्रवार म्याग्दीको पर्यटकीय स्थल टोड्केमा आयोजित संस्थाको पाँचौ वार्षिक साधारणसभा तथा तेस्रो अधिबेशनबाट खत्रीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । यस अघि पनि अध्यक्ष रहनुभएका खत्री पुनः अध्यक्षमा चयन हुनुभएको हो ।
समितिको उपाध्यक्षमा हरिकृष्ण गौतम, सचिबमा अमित विश्वकर्मा, कोषाध्यक्षमा शिव आचार्य र सहसचिबमा राकेश शर्मा चयन हुनुभएको छ । त्यसैगरि सदस्यहरुमा सन्तोष गौतम, धिरन खत्री, साधन राम्जाली मगर, सुदर्शनकुमार श्रेष्ठ र निर्मल खत्री रहनु भएको छ ।
बि.स. २०७४ मा म्याग्दीमा श्रमजिवि पत्रकारहरुद्धारा सञ्चालित सञ्चार माध्यम तथा जिल्लामा रहेका अन्य सञ्चार माध्ययमको व्यवस्थापकिय भूमिकामा रहेका श्रमजिवि पत्रकारहरु आबद्ध सोसाइटीले जिल्लामा स्थानीय तह र सरकारी कार्यालयले सञ्चार माध्यमलाई बिनियोजन गरेका बजेट स्थानीय सञ्चार माध्यमलाई न्यायोचित बितरण, सार्वजनिक सुनुवाइ, सञ्चार क्षेत्रसंग सम्बन्धित बृत्तचित्र निर्माण, पत्रकारिता तालिम सञ्चालन, पत्रकार अवलोकन भ्रमण लगायतका कार्यहरु गर्दै आएको छ ।
साधारण सभाको उद्घाटन गर्दै रघुगंगा गाउँपालिका–५ का वडा अध्यक्ष मनबहादुर शेरमञ्जाले जिल्लाका क्रियाशिल पत्रकारहरु आबद्ध सोसाईटीले जिल्लाका गाउँबस्ती हरुमा पुगेर त्यहाँको बिकास निर्माण, पर्यटन प्रर्बद्धन तथा ओझेलमा परेका बिषयलाई बाहिर ल्याउन महत्वपूर्ण भूमिका निभाएको बताउनुभयो ।
कार्यक्रममा टोड्के हिल रिसोर्टका सञ्चालक भिम शेरचनले मंगला, रघुगंगा र बेनी नगरपालिकाको सिमा क्षेत्रमा अवस्थित टोड्के क्षेत्रको पर्यटन प्रर्वद्धनका लागि संचार माध्यमको ठुलो हात रहने भन्दै यहाँको सम्भावना र समस्याको बारेमा पनि कलम चलाउन अनुरोध गर्नुभयो । नेपाल पत्रकार महासंघ म्याग्दीका सचिब सन्तोष गौतमले श्रमजीवि पत्रकारको हकहितका लागि महासंघ सधै साथमै रहेको भन्दै सत्य, तथ्य र खोजमूलक समाचार लेखन तथा प्रकाशन गरि समाज परिवर्तनमा अग्रणी भूमिका खेल्नुपर्ने बिचार ब्यक्त गर्नुभयो ।
साधारण सभा संस्थाका अध्यक्ष कमल खत्रीको अध्यक्षता, उपाध्यक्ष हरिकृष्ण गौतमको स्वागत र सचिव अमित बिश्वकर्माको संचालनमा सम्पन्न भएको थियो । । संस्थाका सचिब विश्वकर्माले प्रगति र कोषाध्यक्ष ठाकुर प्रसाद आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।