नेकपा माओबादी केन्द्र म्याग्दीको संयोजकमा रेशम जुग्जाली चयन

नेकपा माओबादी केन्द्र म्याग्दीको को संयोजकमा रेशम जुग्जाली ( सुविन ) चयन हुनुभएको छ । मंगलबार सम्पन्न गण्डकी प्रदेश कमिटिको बैठकले जुग्जालीलाइ जिल्ला संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो । मालिका गाउँपालीका ७ बिमका वडा अध्यक्ष समेत रहनु भएका जुग्जाली माओबादी केन्द्रका जुझारु प्रभावशाली नेताको रुपमा चिनिनुहुन्छ । पार्टीको जिल्ला संगठन कमिटिका सचिवालय सदस्य रहेका जुग्जालीको माओबादी आन्दोलनमा अग्रणी भुमिका रहेको छ । पार्टीलाइ मजबुत बनाउन र जनमैत्री काम गर्न युवाको भुमिका महत्वपुर्ण हुने हुँदा पार्टीको नेतृत्व पनि युवालाइ नै दिइएको माओबादी केन्द्र म्याग्दीका इन्चार्ज गोबिन्द पौडेलले बताउनु भयो । बैठक बाट नेपाल राष्ट्रीय दलित मुक्त्ती मोर्चा गण्डकी प्रदेशको इन्चार्जमा टेक बहादुर बिश्वकर्मा (सुवास ) चयन हुनुभएको छ । यसैगरी योग कम्युनिष्ट लिग ( वाइसिएल ) को मंगलबार सम्पन्न राष्ट्रीय भेलाले म्याग्दीका युवा नेता नगेन्द्र केसीलाइ केन्द्रीय सदस्यमा चयन गरेको छ ।

You can share this post!

अर्जुन लामाको हत्यामा संलग्न आरोपित सभामुख सापकोटाविरुद्धको मुद्धा हेर्न नमिल्ने

पिपलचोकमा धौलागिरी आयुर्वेदा

Related posts