अर्जुन लामाको हत्यामा संलग्न आरोपित सभामुख सापकोटाविरुद्धको मुद्धा हेर्न नमिल्ने

सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोपमा सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको छ ।
बुधबार मुद्धा सुनुवाइ हुने भनेर पेशी सूचीमा राखिएको थियो तर, केही समयमै सर्वाेच्चको वेसवसाइटमा पेशी चढेको मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको छ ।
यसअघि पनि पटक पटक उक्त मुद्धा पेशीमा चढाइए पनि फैसला हुन सकेको छैन । यसअघि २०७८ वैशाख ८ मा पनि यो मुद्दा पेशीमा चढाइएको थियो, तर हेर्न नभ्याएपछि सुनुवाइ सरेको थियो ।
१६ वैशाख २०६२ मा अपहरणमा परेका लामालाई खाल्डो खनेर ज्युँदै पुरेको भन्दै उनकी पत्नी पूर्णिमायाले २०६४ सालमा सर्वोच्च अदालतमा उजुरी दर्ता गरेकी थिइन् ।

तत्कालीन बाबुराम भट्टराई नेतृत्वको सरकारले सापकोटाविरुद्धको जाहरी तामेलीमा राखेको थियो । त्यसपछि पनि पुन: पूर्णिमाया न्याय माग्न सर्वोच्च गइन्।
तर, मुद्दा विचाराधीन रहेकै अवस्थामा सापकोटा सञ्चारमन्त्री बने । त्यसपछि कनकमणि दीक्षितलगायतले सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।

You can share this post!

बेनी नगरपालीकाको बिशेष नगरसभा, कर्मचारी बिद्येयक पारित

नेकपा माओबादी केन्द्र म्याग्दीको संयोजकमा रेशम जुग्जाली चयन

Related posts