आगलागी पीडितलाई गंगा जिसी फाउन्डेसनद्वारा राहत सामग्री प्रदान

बेनी नगरपालिका ६,ज्यामुनाखर्कमा शनिबार साँझ भएको आगलागीबाट पीडित रामचन्द्र खत्री र सुस्मा खत्रीको परिवारलाई म्याग्दीको परोपकारी संस्था गंगा जिसी फाउन्डेसनले पहिलो चरणको राहत सामग्री उपलब्ध गराएको छ ।

आइतबार फाउन्डेसनका अध्यक्ष नारायण जिसीले सिरक, डसना, चामल, दाल, नुन तेल, ग्यास चुल्हो, पकाउने भाडाकुडा तथा दुइ बच्चाका लागि आवश्यक बिद्यालय पोसाक, झोला लगाएत गरि करिव १९ हजार बराबरको सामग्री पीडित सुष्मा खत्रीलाई हस्तान्तरण गर्नुभएको हो । आगलगीबाट घर र घरमा भएका सवै सामान जलेर नष्ट भएको खत्री परिवारलाई तत्कालका लागि आबश्यक पर्ने राहतका सामग्री प्रदान गरिएको फाउन्डेसनका अध्यक्ष जिसीले बताउनुभयो ।

आगलागी हुँदा एकतले घर जलेर नष्ट भएको छ । अचानक भएको आगलागीबाट स्थानीय रामचन्द्र खत्रीको कच्ची घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीबाट घरभित्र रहेको ३ तोला, सुन गरगहना, ३५ हजार नगद, लत्ताकपडा, भडावर्तन र अन्नपातको क्षती भएको पीडित सुस्मा खत्रीको बताउनुभयो । आगोमा परेर धेरै सामानहरु जले पनि केही सामान निकाल्न सफल भएको पीडितको भनाई छ ।

अर्थुङेमा रहेको नेपाली सेनाको टोली सहित स्थानीय बासिन्दा मिलेर आगो नियन्त्रण गरिएको थियो । आगलागी विद्युत सर्टबाट भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

 

 

You can share this post!

रत्नेचौरको तोरीबारी प्रवेशमा आजदेखि रोक लगाईयो

अशक्त महिलालाइ घरमै पुगेर सहयोग हस्तान्तरण

Related posts