सामाजिक क्षेत्रमा क्रियाशिल चार जनालाई सम्मान

म्याग्दी । म्याग्दी जिल्लामा लोक संगीत, सामाजिक सेवा, पशुपालन तथा लघुउद्यम गरि चार विधामा अमुल्य योगदान पु¥याउने चार जनालाई सम्मान गरिएको छ ।

विहिबार बेनीमा आयोजित नेपाल जेसिजको क्षेत्र (ख) सम्मेलनको अवसरमा पारेर उत्कृष्ट चार व्यक्तिलाई छनौट गरि उहाँहरुको योगदानलाई कदर गर्दै सम्मान गरिएको हो ।

कृषि र पशुपालन क्षेत्रमा योगदान पु¥याएका धवलागिरी गाउँपालिका ५ मल्कवाङ्गका भेडापालक कृषक हिम बहादुर छन्त्याल, गीत संगीतमार्फत जिल्लालाई चिनाउन सफल मंगला गाउँपालिका ५ अर्मनका प्रकाश दुतराज, विपत व्यवस्थापन तथा उद्धारमा क्रियाशिल भएर समाजमा उत्कृष्ट योगदान दिनुभएका अन्नपूर्ण गाउँपालिका ३ दानाका ईन्द्रशिंह शेरचन र युवा लघुउद्यमी धवलागिरी गाउँपालिका ७ धारापानीका किरण थापालाई सम्मान गरिएको हो ।

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, प्रतिनिधिसभाका सदस्य खम बहादुर गर्वुजा, गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम जुग्जाली, प्रदेशसभा सदस्य हरि भण्डारी विमला गौचन, नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष विकास मानन्धर लगायतले उहाँहरुलाई दोसल्ला र सम्मानपत्रले सम्मान गर्नुभएको थियो ।

कला, संस्कृति, उत्पादन तथा सामाजिक सेवाको क्षेत्रमा तल्लिन रहेका युवाहरुलाई थप हौसला र प्रोत्साहनका निम्ती सम्मान गरिएको म्याग्दी जेसिजका पूर्व अध्यक्ष तथा क्षेत्र ख सम्मेलन निर्देशक सुविन श्रेष्ठले बताउनुभयो ।

You can share this post!

नेपाल जेसिजको क्षेत्र (ख) सम्मेलन बेनीमा सुरु

नेपाल जेसिजको क्षेत्र (ख) सम्मेलनः म्याग्दीबासीको सांस्कृतिक स्वागत

Related posts