हुलाकका कर्मचारीलाई क्षमता अभिबृद्धि तालिम

म्याग्दी । जिल्ला हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरुलाई क्षमता अभिवृद्धिका लागि तालिम प्रदान गरिएको छ । जिल्ला हुलाक कार्यालयको आयोजनामा जिल्ला र ईलाका हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरुको लागि एक दिने क्षमता अभिबृद्धि तालिम संचालन गरिएको हो ।

तालिममा प्रशिक्षण दिँदै जिल्ला हुलाक कार्यालयका प्रमुख अमृत सुवेदीले कार्यालयको सेवालाई सेवाग्राहीमैत्री बनाउनु पर्ने बताउनुभयो । हरेक सरकारी कर्मचारीले आफ्नो जिम्मेवारी र दायित्वलाई बोध गर्नुपर्नेमा उहाँको जोड थियो ।

उहाँले कार्यालय र मातहतका कार्यालयहरुमा आबश्यक कर्मचारीहरुको पदपूर्ति नभएको अवस्थामा न्यूनतम कर्मचारीहरुबाट सेवा प्रवाह गर्दा समस्या उत्पन्न हुने गरेको भएपनि आन्तरिक व्यवस्थापनको पाटोमा कार्यालयले आवश्पक पहलकदमी लिने बताउनुभयो ।

कार्यक्रममा जिल्ला हुलाका र इलाका हुलाक कार्यालयबाट समेत गरि २० जनाको सहभागीता रहेको थियो । कार्यक्रममा इलाका हुलाक कार्यालय लुलाङका हल्कारा शशिमाया पाईजा पुनले यस्ता कार्यक्रमले थप सिकाई र अनुभव बढ्ने बताउनुभयो ।

त्यसैगरि गलेश्वर इलाका हुलाकका खरिदार गोविन्द प्रसाद सुवेदीले कार्यक्रम निकै फलदायी भएको बताउँदै यस्ता कार्यक्रमले निरन्तरता पाउनुपनेृमा जोड दिनुभयो । म्याग्दीमा जिल्ला हुलाक कार्यालय संगै १० ईलाका र २९ अतिरिक्त सहित ४० वटा एकाइ रहेका छन् ।

You can share this post!

मगरकप २०२२ को उपाधी मोना फ्रान्सले जित्यो

खेलको उत्कृष्ट व्यवस्थापन गर्न राखेप सदस्य गुरुङको आग्रह

Related posts