सामाजिक दुरि कायमै राखेर बुलबुलमा दिप

साहित्यिक क्षेत्रमा क्रियाशील साहित्यिक संस्था ” म्याग्दी साहित्य संञ्चार”द्धारा शनिवार “बुलबुलमा दीप” कार्यक्रम सम्पन्न भएको छ । बेनी बजार स्थित होटल शिखरमा कोरोना माहामारिका कारण विगत केही महिनादेखि निष्क्रिय अवस्थामा रहेको साहित्यिक गतिविधिहरुलाई पुन: सक्रिय गराउने उद्देश्ले सामाजिक दुरी कायम गरी कार्यक्रम सम्पन्न गरिएको संस्थाकि सचिवक हीरा शर्माले जानाकारी दिनुभयो । कार्यक्रमामा पर्वतका युवा गजलकार दीप पराजुलीले गजल्र मुक्तक गरेर वटा सिर्जना वाचन गरेका थिए । उनी धौवलागिरी गाँउपालिकामा रहेको धन जनता माबिका गणीत शिक्षक सेमत हुन् । संस्थाका अध्यक्ष सन्दिप खत्रीको अध्यक्षता, सचिव हीरा शर्मा “संघर्ष”को सञ्चालन उपाध्यक्ष गंगा बानियाँको स्वागतमा सम्पन्न भएको कार्यक्रममा म्याग्दीका अग्रज साहित्यकार गणनाथ पौडेल, युवा सर्जक घायलश्री, बादल शाही, दर्पण रोका लगायतका उपस्थित स्रष्टाहरुले आफ्ना रचना वाचन गरेका थिए ।

You can share this post!

मराङ्ग बाढी पहिरो प्रभावित लाई काठमाडौं बाट सहयोग

नेपाली सेनाका कोरोना संक्रमणबाट एक सैनिकको मृत्यु

Related posts