बहराइनबाट मृगौला पीडित पेशबहादुरको उपचारमा सहयोग

दुवै मृगौला फेल भएर उपचारार्थ मंगला गाउँपालिका–१ कुहुँ खानीगाउँका ३९ बर्षिय पेशबहादुर राम्जालीको उपचारमा बहराइनबाट आर्थिक सहयोग गरिएको छ । मृगौला खरावी भएपछि नियमित उपचार गराइरहेका राम्जालीलाई मोना बहराईनमा रहेका नेपालीले ८५ हजार १ सय आर्थिक सहयोग गरेका हुन् ।

मोना बहराइनका कोषाध्यक्ष मोहन बानियाँ, पूर्व संरक्षक गोरखबहादुर राम्जालीको पहलमा संकलन गरिएको उक्त रकम एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ । उक्त सहयोगमा थपेर प्रत्यारोपण अगाडी नियमित भइरहेको डायलासिस सेवामा आवश्यक पर्ने औषधी, इन्जेक्सन लगायतमा समेत खर्च गरिने पेशबहादुर उपचार अभियानले जनाएको छ ।

पीडित राम्जालीको आर्थिक अवस्था निकै नाजुक रहेकाले यसअगाडी समेत संकलन भएको रकम लाल यूवा क्लवका निर्वतमान उपाध्यक्ष आचार्य र पीडित पेशबहादुरको नाममा गरिमा विकास बैंकमा संयुक्त हस्ताक्षर हुने गरी आर्थिक जम्मा गरिएको छ । पीडित राम्जालीको उपचारमा थप सहयोग आवश्यकता रहेकाले सहयोगको अपिल समेत गरिएको छ ।

You can share this post!

घरेलु उद्योग महासंघ म्याग्दी शाखा प्रदेशमा उत्कृष्ट

अखिल नेपाल खेलकुद महासंघको जिल्ला संयोजन आयोजना कमिटी गठन

Related posts